logo

सेयर वजारमा निरन्तर नयाँ रेकर्ड, मंगलबार २८.३१ अंकको वृद्धिसहित अहिलेसम्मकै उच्च २२६७.७३ बिन्दुमा 

    1386   पटक पढिएको

२८ पुस/अर्थ र व्यापार– मंगलबार २८.३१ अंकको वृद्धिसहित सेयर बजार अहिलेसम्मकै उच्च बिन्दु २२६७.७३ बिन्दुमा पुगेको छ ।

आज २०२ कम्पनीका एक करोड ३५ लाख कित्ता सेयर चार अर्ब ९८ करोड रुपैयाँमा किनबेच भएका छन् । ३२ कम्पनीको मूल्य घट्दा १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ । मंगलबार पनि सर्वाधिक कारोबार हुनेमा धेरैजसो बैंक तथा वित्तीय संस्थाहरु नै अघि छन् ।

प्रिमियर इन्स्योरेन्सको मात्रै २९ करोडको कारोबार भएको बजारमा माथिल्लो तामाकोशी, प्रभु बैंक, नेशनल लाइफ र नेपाल लाइफको करिब १५–१५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

मंगलबार सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि हुनेमा आइएमई जनरल इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, माथिल्लो तामाकोशी, प्रभु लाइफ र समृद्धि फाइनान्स रहेका छन् ।

आज जीवन बीमा समूह करिब ३७६ अंकले बढ्दा निर्जीवन बीमा समूह करिब २७३ अंकले बढेको छ । हाइड्रोपावरको सूचक ६० अंकले बढ्दा लघुवित्त समूहको सूचक पनि ५० अंकले बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।