logo

नवीकरण शुल्क नबुझाएपछि नेप्सेले रोक्यो २५ कम्पनीको सेयर कारोबार 

    1834   पटक पढिएको


२ कात्तिक/अर्थर व्यापार– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज आइतबारबाट २५ कम्पनीको सेयर कारोबारमा रोक लगाएको छ । 

नेप्सेमा सूचीकृत कम्पनीले वार्षिक रूपमा तिर्नुपर्ने नवीकरण शुल्क नबुझाएपछि ति कम्पनीहरुको सेयर कारोबारमा रोक लगाएको हो । 

नवीकरण शुल्क नबुझाएपछि कारोबार रोक्का हुने कम्पनीहरुमा दोस्रो बजारमा सेयर कारोबार भइरहेका हिमाल दोलखा हाइड्रो, मल्टिपर्पोज फाइनान्स, हिमालयन डिष्टिलरी, जोशी हाइड्रो, नेपाल हाइड्रो लगायतका कम्पनीहरू छन् । 

कारोबार रोक्का हुनेमा अधिकांस नेप्सेमा सूचीकृत भएर पनि लामो समयदेखि कारोबार नभएका कम्पनीहरु रहेको नेप्सेले जनाएको छ ।

जसमा रघुपति जुट मिल्स, गोरखाली रबर, हरिसिद्धि इँटा तथा टायल, अरुण वनस्पति, विराट सुज लिमिटेड, बुटवल स्पिनिङ मिल्स, नेपाल वेयलफेयर कम्पनी, नेपाल ट्रेडिङ, नेपाल फिल्म डेभलपमेन्ट कम्पनी, फ्युलर हिमालयन, नेपाल बिटुमिन एण्ड ब्यारेल उद्योग, श्री राम सुगर मिल्स, ज्योति स्पिनिङ मिल्स लगायतका लामो समयदेखि दोस्रो बजारमा कारोबार नभएका कम्पनी रहेका छन् ।  

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनासम्ममा सूचीकरणको नवीकरण शुल्क नबुझाउने कम्पनीहरुको सूचीकरण तथा कारोबार स्थगित गरेको जनाएको छ ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार ५० करोड रुपैयाँ बराबरको सेयर सूचीकरण भएको कम्पनीले वार्षिक रूपमा ५० हजार रुपैयाँ र त्यसभन्दा धेरै चुक्ता पुँजी भएको कम्पनीले एक लाख रुपैयाँ नवीकरण शुल्क वापत बुझाउनुपर्ने व्यवस्था छ ।

कारोबार रोक्का भएका कम्पनीले सूचीकरण नविकरण शुल्क बुझाउने बित्तिकै कारोबार खुला हुने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।