logo

नेप्से २३ सय अंक नजिक, ५ अर्ब ९१ करोड रुपैंयाँको कारोबार 

    1154   पटक पढिएको

२९ पुस/अर्थ र व्यापार– बुधबार सेयर बजारको परिसूचक नेप्से १८.८१ अंकले बढेर हालसम्मकै उच्च २२८६.५४ अंकमा कायम भएको छ । आज दिनभर २०७ कम्पनीको ५ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

बुधबार बैंकिङ समूह ३ अंकले घटेको छ । होटल ५ अंकले घटेको छ । भने ब्यापार ९, विकास बैंक ३०, जलविद्युत ३०, फाइनान्स ४५, निर्जीवन बीमा १११, उत्पादन २४२, अन्य १२, माइक्रोफाइनान्स ९६, जीवन बीमा १६९ अंकले बढेका छन् ।

कर्पोरेट डेभलपमेन्टका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाएका छन् । फस्ट माइक्रोफाइनान्स, इनिफिनिटी लघुवित्त, आरम्भ चौतारी लघुवित्त, गणपती माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स र प्रभु लाइफ इन्स्योरेन्सको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज नेपाल टेलिकमको सबैभन्दा बढी २६ करोड रुपैयाँ बराबरको कारोबार भयो । कम्पनीको मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेर १२६३ रुपैयाँ पुगेको छ । दोस्रोमा पुनर्बीमा कम्पनीको २० करोड रुपैयाँ बराबरको कारोबार भयो । मूल्य १६ रुपैयाँ बढेर १५५१ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी माथिल्लो तामाकोसीको १८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य प्रतिकित्ता १७ बढेर ४९५ रुपैयाँ कायम भएको छ । आज मल्टिपर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ४.७ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।