logo

सेयर बजारमा २२३९.४२ अंकको नयाँ रेकर्ड, कारोबार घट्यो

    1189   पटक पढिएको

२७ पुस/अर्थ र व्यापार– सेयर बजारमा दिनहुँ नयाँ रेकर्ड बन्ने क्रम जारी रहँदा सोमबार  ३.७ अंकले बढेर २२३९.४२ अंकको नयाँ रेकर्ड बनेको छ ।

आज कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब ५२ करोडको सेयर किनबेच भएको हो ।

सोमबार बैंकिङ २, विकास बैंक २८, जलविद्युत ३, फाइनान्स ११, निर्जीवन बीमा समूह १७६ र जीवन बीमा समूह १६१ अंकले बढेका छन् । भने ब्यापार १३, होटल ४, उत्पादन ४१, अन्य १४, माइक्रोफाइनान्स ९ अंकले घटेका छन् ।

आरम्भ चौतारी लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ७.६ प्रतिशतले बढे पनि आज खरिद बिक्री भएको छैन । हालै आइपिओ जारीपछि सूचीकृत भएको प्रभुको सेयर मूल्य जम्मा २२५ रुपैयाँ मात्रै पुगेको छ ।

कारोबारका आधारमा सिद्धार्थ बैंकको सबैभन्दा बढी ४२ करोड रुपैयाँको सेयर किनबेच हुँदा मूल्य प्रतिकित्ता ६ रुपैयाँ बढेर ४७२ रुपैयाँ कायम भयो । दोस्रोमा प्रभु बैंकको २५ करोडको कारोबार भयो । मूल्य प्रतिकित्ता ८ रुपैयाँ घटेर ४०६ रुपैयाँ कायम भएको छ ।

यस्तै, एनएमबि बैंकको १८ करोडको कारोबार भयो । मूल्य प्रतिकित्ता १४ रुपैयाँ बढेर ४३७ रुपैयाँ कायम भएको छ । आज सबैभन्दा धेरै मल्टिपर्पोज फाइनान्सको मूल्य करिब ६ प्रतिशतले घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।