logo

नेपाल स्टक एक्सचेञ्जद्वारा सेयर किनबेच गर्दा अनलाइनबाटै भुक्तानी गर्न सकिने ब्यवस्था लागु

    1676   पटक पढिएको

२० पुस /अर्थ र व्यापार - ३ दिनअघि नेपाल स्टक एक्सचेञ्जले सेयर किनबेच गर्दा अनलाइनबाटै भुक्तानी गर्न सकिने ब्यवस्था गरेको छ । यो प्रणाली शुरु भएसँगै लगानीकर्ताहरुले अनलाइनबाटै भुक्तानी गर्छन् भन्ने धेरैको विश्वास थियो । तर, लगानीकर्ताहरुले पूरानै प्रणालीबाट भुक्तानी गरेका छन् ।

अनलाइन भुक्तानी प्रणाली शुरु भएको दिन १०० प्रतिशत भुक्तानी चेकबाटै भएको छ र लगानीकर्ताहरु नयाँ सिस्टमप्रति आकर्षित भएको नदेखिएको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुरारी पराजुलीले बताए । अनलाइन भुक्तानी ऐछिक भएको यसअघि अभ्यान नभएकाले पनि लगानीकर्ताहरुलाई आकर्षित नगरेको हुनसक्ने उनको विश्लेषण थियो । भिजन सेक्युरिटीज र कालिका सेक्युरिटजमार्फत् सेयर कारोबार गर्दै आएका २ जना लगानीकर्ताले पेश्की भुक्तानी गरेका हुन् ।

लगानीकर्ताका संघ संगठनहरुले वर्षौंदेखि अनलाइन भुक्तानीको माग जोडदाकार साथ उठाउँदै आएका थिए । तर, व्यवस्था भएपछि भने कारोबार गर्नतर्फ लगानीकर्ताहरु उत्सुक देखिएनन् । विस्तारै अनलाइन भुक्तानीमा आकर्षण बढ्ने  विश्वास रहेको पराजुलीले बताए । नेपाली सेयर बजारमा १५ लाख लगानीकर्ता भएको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।