logo

बुधबार सेयर बजारमा ९.३७ अंकको सुधार, कारोबार घट्यो 

    1661   पटक पढिएको

७ असोज/अर्थ र व्यापार– बुधबार नेप्से परिसूचक समग्रमा ९.३७ अंकले बढेर १५५५.५२ विन्दुमा पुगेको छ । सूचक १५४३.३७ विन्दुबाट सुरु भएको सेयर बजार एक घण्टामा १५३५.६४ विन्दुसम्म ओर्लिएको थियो ।

बुधबार कारोबार भएका १२ उपसमूहका सूचकमध्ये होटलबाहेक सबै समूह सकारात्मक रहँदा सेयर बजार बढ्न पुगेको हो ।

जलविद्युतको सेयरबाट नाफा कमाएका लगानीकर्ता पुनः सोही कम्पनीहरुको सेयर खरीद गरेका छन् । उपसमूहगत रुपमा बुधबार सबैभन्दा बढी (२.८ प्रतिशत) ले यही समूहकै सूचक बढेको छ भने सेयर मूल्य बढ्नेको अग्रपंक्तिमा पनि जलविद्युत कम्पनीहरु नै रहेका छन् । 

बुधवार पाँच जलविद्युत कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने बाँकीको सोभन्दा कमले बृद्धि भएको हो । 

बुधवार बजार सूचक बढे पनि कारोबार रकम भने मंगलबारको भन्दा घटेको छ । १९४ कम्पनीको ५८ लाख ६२ हजार ६१७ कित्ता सेयर किनबेचमा बुधबार एक अर्ब ७२ करोड ७८ लाखबराबरको सेयर कारोबार भयो । मंगलबार यो रकम करिब दुई अर्ब ८१ करोड २८ लाख रुपैयाँ थियो ।

बुधवार शिखर इन्स्योरेन्सले सर्वाधिक रकमको कारोबार गरेको छ । शिखर इन्स्योरेन्सको करिब १० करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

दोस्रोमा नेपाल बैंक रहेको छ, जसको ९ करोड ५९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।