logo

बिहिवार सेयर बजारमा सामान्य गिरावट, साताभरिमा जम्मा एक अर्ब ४ करोडको मात्रै कारोबार

    1440   पटक पढिएको

१४ आषाढ / अर्थ र व्यापार– साताको अन्तिम दिन विहिबार शेयर वजार झिनो अंकले घटेर ११९८.५४ अंकमा ओर्लिएको छ। तर क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१२ अंकले वढेर २५२.०९ अंकले वढेर वन्द भएको छ।

साताभर वजारमा जम्मा एक अर्ब चार करोड रुपैयाँको कारोवार भयो। आइतवारदेखि विहिबार सम्म भएको पाँच कारोवार दिनमा दुई दिन वजार वढ्यो भने तीन दिन वजार घट्यो।    

चालु आर्थिक वर्षको अन्तिम महिनाकौ सुरुवात देखीनै शेयर वजारको दैनिक सूचकमा सामान्य उतार चढाव देखिएको छ भने औसत कारोवार रकम २०/२२ करोडमा झरेको छ। वजारमा लगानीकर्ताले मौद्रिक नीतिमा आउने सम्वोधनलाई पर्खिदा वजारको चाल सुस्त देखिएको हो।

विहिबार १ सय ६४ कम्पनीका ११लाख ४८ हजार कित्ता शेयर २४ करोड २९ लाख रुपैयाँमा कारोवार भयो। सवैभन्दा वढी सोल्टी होटलको दुइ करोड ३५ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ।

कारोवारमा आएका १० समुहमा ६ उपसूचक घटेका छन्। तीन उपसूचक वढेका छन् भने ट्रेडिङमा कुनै परिवर्तन भएन। बैक ०.७१, जलविद्युत १.६५ र फाइनान्स ३.३३ अंकले वढेका छन्।

होटल ७.४८, विकास बैक ३.४३, वीमा १५.६७, उत्पादन मूलक १६.१२, अन्य २.८६ र लघुवित्त ०.४९ अंकले घटेका छन्। बिहिवार रिलायन्स फाइनान्सका शेयरधनीले ४ प्रतिशत कमाएका छन् भने नयाँ नेपाल लघुवित्तको शेयरधनीले करिव ७ प्रतिशत कमाए। 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।