logo

साताको पहिलो दिन नेप्से १४.७१ अंकले उकालो, ३ अर्ब बढीको कारोबार 

    1432   पटक पढिएको


१८ असोज/अर्थ र व्यापार– साताको पहिलो दिन आईतवार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ।  

आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १४.७१ अंकले बढेर एक हजार ५८५.७५ मा अंकमा पुगेको छ । कूल १९५ वटा कम्पनीको १ करोड ७ लाख १३ हजार ३१२ कित्ता शेयर ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

जलविद्युत र म्युचुअल फण्ड समूहको सूचक बाहेक अन्य सबै सूचकमा सुधार आएको बजारमा शिवम सिमेन्टको उच्च कारोबार भएको छ।

कूल १२ उपसमूह मध्ये आज १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको शेयर मात्र घटेको छ । आज शिवम सिमेन्टको सबैभन्दा धेरै २६ करोड ८६ लाख रूपैयाँ बराबरको शेयर किनबेच भयो। 

यस्तै, नेपाल पुर्नबीमा कम्पनीको पनि १९ करोड बढीको कारोबार भएको छ । एनसीसीबी, एचडिएल र नेपाल बैंक पनि उच्च कारोबार हुने कम्पनीमा परेका छन।

आईतवार कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर भाउ सबैभन्दा धेरै ९.८४ प्रतितशले बढेको छ । यसैगरी, शिवम सिमेन्ट, छयाङदी हाइड्रो, प्रोग्रेसिभ फाइनान्स, उन्नति सहकार्य लघुवित्तको मूल्य पनि उच्चदरले बढेको छ। 

खानीखोला हाइड्रो, युनियन हाइड्रो र दिब्यश्वरी हाईड्रोको शेयर मूल्यसबेभन्दा बढीे घटेको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।