logo

सेयर बजारमा पाँच अंकले बृद्धी, २ अर्ब २३ करोड रुपैयाँको कारोबार, लगानीकर्ता  जलविद्युतमा आकर्षित

    1712   पटक पढिएको

 

८ असोज/अर्थ र व्यापार– साताको अन्तिम दिन बिहीबार सेयर बजार पाँच अंकले बढेको छ। 

प्रि-ओपन सेसनमा १५ सय ६५ अंकसम्म पुगे पनि कारोबार सुरु भएपछि बजार १५ सय ५४ अंकसम्म झरेको थियो । अन्तिम एक घण्टामा पुनः बढेको सेयर बजार १५ सय ६३ अंकसम्म पुगे पनि बन्द हुँदा १५ सय ६१ अंकमा रोकिएको छ ।

साताको अन्तिम दिन १९३ कम्पनीको करिब ९० लाख कित्ता सेयर किनबेचबाट २ अर्ब २३ करोड रुपैयाँको कारोबार भएका छन् । 

सर्वाधिक नाफा कमाउने ३० कम्पनीमध्ये सबैभन्दा बढी जलविद्युत कम्पनी रहेका छन् । अन्यमा २ वटा डेभलपमेन्ट बैंक, एउटा फाइनान्स र नागरिक लगानी कोष रहेका छन् । १५ वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

घट्ने कम्पनीमा भने सिटिजन म्युचुअल फण्ड, युनिलिभर नेपाल र ग्लोबल आइएमई डिबेन्चरको मूल्य २, २ प्रतिशतले घटेको छ। 

अरुण काबेली पावर कम्पनीको १४ करोड रुपैयाँको सेयर किनबेच हुँदा अपर तामाकोशीको ९ करोड रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको सेयर ८ करोड रुपैयाँको किनबेच भएको छ । 

यस्तै नेपाल पुनर्बीमा कम्पनीको ९ करोड रुपैयाँ र नेपाल बैंकको ८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।