logo

सोमवार शेयर बजार ३.६३ अंकले घट्यो, कारोबार साढे २ अर्ब बढी 

    1224   पटक पढिएको


१९ असोज/अर्थ र व्यापार– सोमवार शेयर बजार ३ दशमलव ६३ अंक घटेर १ हजार ५८२ दशमलव १३ विन्दुमा झरेको छ । आइतवार १४ दशमलव ७१ अंक बढेर १ हजार ५८५ दशमलव ७५ विन्दुमा बन्द भएको बजार सोमवार भने घटेर बन्द भएको छ ।

सामान्य अंकले घटेको सोमवारको बजारमा १९३ ओटा कम्पनीको ३९ हजार ५८७ पटकको व्यापारमा रू. २ अर्ब ५७ करोड ८६ लाख ७ हजार बराबरको ९५ लाख १८ हजार ७६५ कित्ता शेयर कारोबार भएको छ । 

सोमवार नेपाल पुनर्बीमा कम्पनीको सोमवार सर्वाधिक रू. १४ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ । तर शेयरमूल्य भने रू. ४ ले घटेर अन्तिम मूल्य रू. ८८७ कायम भएको छ ।

सोमवार कारोबारमा आएका १२ ओटा समुहहरुमध्ये पाँच ओटा समुहको बढेको छ भने सात ओटा समुहको परिसूचक घटेको छ ।

आज जलविद्युतको सर्वाधिक २ दशमलव १४ प्रतिशतले परिसूचक बढेको छ । त्यस्तै विकास बैंकको १ दशमलव २४ प्रतिशत, होटलको शून्य दशमलव २४ प्रतिशत, अन्यको शून्य दशमलव १२ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ८२ प्रतिशत परिसूचक बढेको हो । 

सोमवार उत्पादन तथा प्रशोधन समुहको परिसुचक सर्वाधिक १ दशमलव ६७ प्रतिशतले परिसूचक घटेको छ । 

यस्तै, निर्जीवन बीमा समूहको १ दशमलव ४३ प्रतिशत, बैंकिङको शून्य दशमलव ३१ प्रतिशत, व्यापारिकको शून्य दशमलव ६७ प्रतिशत, वित्तको शून्य दशमलव ५५ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४२ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ८४ प्रतिशत परिसूचक घटेको हो ।

आज रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र कामना सेवा विकास बैंक लिमिटेडको शेयरमूल्य १० प्रतिशत बढेको छ । रैराङ हाइड्रोको प्रतिकित्ता रू. १७ ले बढेर अन्तिममूल्य रू. १८७ र कामना सेवाको प्रतिकित्ता रू. २० ले बढेर अन्तिम मूल्य रू. २२० कायम भएको छ ।

सोमवार प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य सर्वाधिक ७ दशमलव १९ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १० ले घटेर अन्तिम मूल्य रू. १२९ कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।