logo

सोमवार शेयर बजार ३.६३ अंकले घट्यो, कारोबार साढे २ अर्ब बढी 

    1475   पटक पढिएको


१९ असोज/अर्थ र व्यापार– सोमवार शेयर बजार ३ दशमलव ६३ अंक घटेर १ हजार ५८२ दशमलव १३ विन्दुमा झरेको छ । आइतवार १४ दशमलव ७१ अंक बढेर १ हजार ५८५ दशमलव ७५ विन्दुमा बन्द भएको बजार सोमवार भने घटेर बन्द भएको छ ।

सामान्य अंकले घटेको सोमवारको बजारमा १९३ ओटा कम्पनीको ३९ हजार ५८७ पटकको व्यापारमा रू. २ अर्ब ५७ करोड ८६ लाख ७ हजार बराबरको ९५ लाख १८ हजार ७६५ कित्ता शेयर कारोबार भएको छ । 

सोमवार नेपाल पुनर्बीमा कम्पनीको सोमवार सर्वाधिक रू. १४ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ । तर शेयरमूल्य भने रू. ४ ले घटेर अन्तिम मूल्य रू. ८८७ कायम भएको छ ।

सोमवार कारोबारमा आएका १२ ओटा समुहहरुमध्ये पाँच ओटा समुहको बढेको छ भने सात ओटा समुहको परिसूचक घटेको छ ।

आज जलविद्युतको सर्वाधिक २ दशमलव १४ प्रतिशतले परिसूचक बढेको छ । त्यस्तै विकास बैंकको १ दशमलव २४ प्रतिशत, होटलको शून्य दशमलव २४ प्रतिशत, अन्यको शून्य दशमलव १२ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ८२ प्रतिशत परिसूचक बढेको हो । 

सोमवार उत्पादन तथा प्रशोधन समुहको परिसुचक सर्वाधिक १ दशमलव ६७ प्रतिशतले परिसूचक घटेको छ । 

यस्तै, निर्जीवन बीमा समूहको १ दशमलव ४३ प्रतिशत, बैंकिङको शून्य दशमलव ३१ प्रतिशत, व्यापारिकको शून्य दशमलव ६७ प्रतिशत, वित्तको शून्य दशमलव ५५ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४२ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ८४ प्रतिशत परिसूचक घटेको हो ।

आज रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र कामना सेवा विकास बैंक लिमिटेडको शेयरमूल्य १० प्रतिशत बढेको छ । रैराङ हाइड्रोको प्रतिकित्ता रू. १७ ले बढेर अन्तिममूल्य रू. १८७ र कामना सेवाको प्रतिकित्ता रू. २० ले बढेर अन्तिम मूल्य रू. २२० कायम भएको छ ।

सोमवार प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य सर्वाधिक ७ दशमलव १९ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १० ले घटेर अन्तिम मूल्य रू. १२९ कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।