logo

बैंक तथा वित्तीय संस्थाले बढाए बजार, नेप्सेमा ४.६२ अंकको सामान्य सुधार, ११९९.४२ अंकमा उक्लियो सूचक

    1158   पटक पढिएको

आषाढ १३ / अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्थाको शेयर मूल्यमा सुधार आउँदा समग्र शेयर बजारमा बुधबार सुधार आएको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ४.६२ अंकले बढेर ११९९.४२ अंकमा उक्लिएको छ। क वर्गका कम्पनीको कारोबार मापक सूचक १.११ अंकले वढेर २५१.९७ अंकमा पुगेको छ।
कारोबार भएका नौमध्ये ६ उपसूचकमा सुधार आउँदा समग्र बजारमा सुधार आएको हो। बैंक ५.७५ होटल २०.६७ विकास बैक ११.९४ फाइनान्स ०.२१ अन्य ४.१८ र लघुवित्त ४.४४ अंकले बढेका छन्। जलविद्युत ४.४७ वीमा ४.५८ उत्पादन मूलक १९.८८ अंकले घटेका छन्। 
बधबारको सुरुवाती कारोबारमा बजार झिनो अंकले बढेको थियो। पहिलो आधा घण्टापछि विस्तारै घट्न थालेको बजार एक बजेसम्म तीन अंक घटेर सूचक ११९१ अंकसम्म ओर्लिएको थियो। 
त्यसपछि तिव्र गतिमा वढेको बजार नौ अंकको वृद्धिसंगै १२०५ अंकसम्म उक्लिएको थियो। तर तेस्रो घण्टा बजारमा पुन गिरावट आउँदा साढे दुई बजेसम्म ११९६ अंकसम्म ओर्लिएको थियो। अन्तिम आधा घण्टामा बजार पुनस् बढेर बन्द भएको हो। 
बुधबार १५७ कम्पनीका १७ करोड ३० लाख रुपैयाँ बराबरका शेयर खरिद बिक्री भए। सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीका ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले करिब ६ प्रतिशत कमाएका छन्। भने रैराङ् हाइड्रोपावर कम्पनीका शेयरधनीले सबैभन्दा धेरै करिब १० प्रतिशत गुमाए।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।