logo

आजदेखि ब्याजदर करिडोर लागू

    1982   पटक पढिएको

 

२९ कात्तिक / अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले आजदेखी ब्याजदर करिडोर लागू गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फ ब्याजदर करिडोरको व्यवस्था ल्याएको थियो । ब्याजदरमा स्थिरता ल्याउने उद्देश्यले ब्याजदर करिडोर लागू गरिएको राष्ट्र बैंककले जनाएको छ ।
चार महिनाअघि नै राष्ट्र बैंकले ब्याजदर करिडोरको व्यवस्था ल्याए पनि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल भएकाले यो व्यवस्था लागु गर्न सकेको थिएन । अहिले ब्याजदरको अवस्था सही ठाउँमा भएकाले ब्याजदर करिडोर सम्बन्धी व्यवस्था लागू गरिएको राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए । ‘ब्याजदर करिडोर लागू गर्नका लागि अहिले मुद्रा बजार उचित अवस्थामा छ,’ थापाले भने, ‘सरकारले ७२ अर्ब विकास ऋणपत्रसहित ९८ अर्ब आन्तरिक ऋण उठाएपछि बजारको अवस्था ठीक ठाउँमा पुगेको हो ।’

अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेमा राष्ट्र बैंकले रिभर्स रिपो र दुईहप्ते निक्षेप बोलकबोलमार्फत बजारबाट पैसा खिच्छ । यसको विपरीत अन्तरबैंक ब्याजदर ५ प्रतिशतभन्दा बढी भए रिपोमार्फत बजारमा पैसा पठाउँछ । अहिले बजारमा २५ अर्ब रुपैयाँ अधिक तरलता छ । बुधबार राष्ट्र बैंकले १५ दिनका लागि २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको छ। साथै यसका लागि ०.३०४५ प्रतिशत व्याजदर तोकिएको छ ।

राष्ट्रबैंकले ब्याजदर करिडोर कार्यान्वयनमा आएपछि बैंकका ग्राहकलाई पनि फाइदा हुने र हरेक तीन महिनामा निक्षेप तथा कर्जाको ब्याजदर परिवर्तनको सूचना नआउने अपेक्षा गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।