logo

नेपाल धितोपत्र बोर्डद्वारा वैकल्पिक लगानी कोष प्रोत्साहन गर्न विशिष्टीकृत व्यवस्था

    1820   पटक पढिएको

२८ फागुन /अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डले ‘प्राइभेट इक्विटी फण्ड, भेञ्चर क्यापिटल फण्ड, हेज फण्ड जस्ता वैकल्पिक लगानी कोष’ प्रोत्साहन गर्न विशिष्टीकृत लगानी कोष नियमावली कार्यान्वयनमा ल्याएको छ । बोर्डले वैकल्पिक लगानी कोष प्रोत्साहन गर्न विशिष्टीकृत व्यवस्था गर्ने भएको हो । 

परम्परागत लगानीको सट्टा नवीनतम् ज्ञान, सीप, क्षमता भएका वा नयाँ वस्तु सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम् उद्यम सञ्चालनका लागि उक्त नियमावलीले अवसर प्रदान गर्ने छ । नयाँ उद्योग तथा व्यवसायमा सञ्चालन गर्न शेयर स्वामित्व पूँजीमा लगानी गर्ने कोष, लगानीको उच्च जोखिम रहेका जुनसुकै क्षेत्रमा लगानी गर्न सक्ने गरी त्यस्ता कोष सञ्चालनमा ल्याइनेछ ।

कोषले योग्य लगानीकर्तासँग लगानी गर्ने सम्बन्धमा लगानी सम्झौता गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । सम्झौतामा कोष व्यवस्थापकले कोषको रकम सरकारको प्रचलित कानूनबमोजिम लगानी गर्न निषेध गरिएको क्षेत्रमा बाहेक लगानी गर्नुपर्नेछ । बोर्डका अनुसार त्यस्तो कोषले अन्तर्रा्ष्ट्रिय सङ्घसंस्था वा बहुपक्षीय संस्थागत लगानीकर्तालाई एकाइ निष्कासन गर्दा ऋणका रुपमा समेत गर्न सक्ने व्यवस्था गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।