logo

नेपाल धितोपत्र बोर्डद्वारा ८ वटा ब्रोकर कम्पनीलाई शाखा बिस्तारका लागी अनुमति प्रदान

    1914   पटक पढिएको

२२ माघ/ अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डले उपत्यका बाहिर शाखा कार्यालय स्थापनाका लागि आवेदन दिएकामध्ये ८ वटा ब्रोकर कम्पनीलाई अनुमति दिएको छ । बोर्डले २०७५ असारभन्दा अगाडि शाखा कार्यालय खोल्न निवेदन दिएका ब्रोकरहरुलाई शाखा विस्तारको अनुमति दिएको हो ।
बोर्डले सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रीय कार्यालयमा आवद्ध भई नेप्सेको प्रणालीमार्फत हुने व्यवस्था गर्ने गरी ती दलाल व्यवसायीलाई शाखा कार्यालय स्थापना गर्न आवश्यक पूर्वाधार तयार गर्न सूचित गरेको जनाएको छ ।

बोर्डका अनुसार यसअघि शाखा नपुगेका तथा आर्थिक रुपमा सक्रियताको आधारमा सम्भाव्य जिल्लाहरु महेन्द्रनगर (कञ्चनपुर), बिरेन्द्रनगर (सुर्खेत), घोराही, तुलसीपुर (दाङ), भैरहवा (रुपन्देही) र जनकपुर (धनुषा) मा शाखावाट हुने गरि कार्यालय खोल्ने गरि आवश्यक पूर्वाधार तयार पार्ने निर्देशन दिएको हो ।

हाल काठमाण्डौं उपत्यका वाहिर ब्रोकरहरुले १३ जिल्लाको ४१ स्थानवाट शाखा कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आएका छन् । चालु आर्थिक बर्षको आषाढ मसान्त पश्चात हालसाल शाखा कार्यालय खोल्नको लागि निवेदन दिएका ब्रोकर कार्यालयहरुको लागि भने हाल संसोधनको प्रकृयामा रहेको धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता) नियमावली, २०६४ तयार नहुन्जेलको लागि रोक्ने भएको छ । उक्त नियममा हुने व्यवस्थाका आधारमा बाँकीलाई अनुमति प्रदान गर्ने बोर्डले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।