logo

नेपाल एग्रो लघुवित्तको शेयर बाँडफाँड

    1415   पटक पढिएको

१७ बैशाख /अर्थ र व्यापार - नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको शेयर मंगलबार बिहान बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा लघुवित्तको आईपिओ बाँडफाँड गरिएको हो ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार उक्त आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट १५ हजार १२० आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको छ । १४ हजार ९२५ आवेदकको हात खाली भएको छ । आईपिओमा कूल ३ लाख १५ हजार ६३० आवेदन परेकोमा ७०५ आवेदनबाट परेको १४ हजार २६० कित्ताको आवेदन रद्ध भएको छ भने तीन लाख १४ हजार ९२५ आवेदकबाट परेको ६३ लाख ८८ हजार १३० कित्ताको आवेदन सदर भएको थियो ।

नेपाल एग्रो लघुवित्तले वैशाख ८ देखि ११ गतेसम्म एक लाख ६१ हजार ७७८ कित्ता शेयर निष्काशन गरेकोमा लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई छ्ट्टाएर एक लाख ५१ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । जसमा २ हजार ४८९ कित्ता लघुवित्तका ६६ जना कर्मचारीहरुलाई र ८ हजार ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई आरक्षित गरिएको थियो ।

नेपाल एग्रोको आईपिओमा मागभन्दा ४२.३४ गुणा बढी आवेदन परेको थियो । आईपिओमा कूल ३ लाख १५ हजार ६३० वटा आवेदनबाट ६४ करोड २ लाख ३९ हजार रुपैयाँ बराबरको ६४ लाख २ हजार ३९० कित्ताको माग आवेदन परेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।