logo

यो साता ४ अर्ब ७३ करोडभन्दा बढीको सेयर कारोबार

    1325   पटक पढिएको

६ साउन / अर्थ र व्यापार – चालु आर्थिक वर्षको पहिलो साता नेपालको पूँजी बजारमा ८७ लाख १० हजार भन्दावढी कित्ता सेयर खरिद बिक्री भएका छन् । यो आवको पहिलो साता भएको सेयर खरिद बिक्रिवाट ४ अर्ब ७३ करोड १३ लाख रुपैयाँ बराबरको कारोवार भएको छ । 

दुई दिन दोहोरो अंक र एक दिन सामान्य रुपमा बढेको बजार दुई दिन भने सामान्य घटेको थियो । आव २०७३–०७४ को अन्त्यतिर निन्त घटेको बजार यो साता भने १६३५.७५ अंकमा अडिएको छ । नयाँ आर्थिक बर्षको पहिलो दिन आईतबार सेयर बजार ०.९० को झिनो अंकले उकालो लागेको थियो । 

एक सय ४९ कम्पनीको १२ लाख ९४ हजार २ सय ५९ कित्ता सेयर किनवेच भएको यो दिन ६८ करोड १२ लाख ६२ हजार ५ सय २१ रुपैयाँको कारोवार भएको थियो । सो दिन बजार १५८३.५७ अंकमा पुगेर बन्द भएको थियो । पहिलो दिन बैकिङ समूहको सूचक २.४१ अंकले बढेको थियो भने फाइनान्स समूहको १०.९३ र बीमा समूहको सूचक १.४८ अंकले बढेको थियो । यो दिन होटल समूहको सूचक ५.८२, विकास बैंक समूहको सूचक ०.४४, जलविद्युत समूहको सूचक ८.९१, उत्पादनमुलक समुहको सूचक ०.२१ र अन्य समूहको सूचक ५.५ अंकले घटेको थियो । 

यस्तै साताको द्रोसो दिन सोमबार बजार दोहोरो अंकले छलाङ हान्दै १६०४.१५ अंकमा पुगेको थियो । यो दिन बजार २०.५८ अंकले बढेको हो । सबै सूचक उच्च अंकले बढेपछि बजार उचालिएको थियो । सोमबार एक सय ५४ कम्पनीको २० लाख १२ हजार कित्ता सेयर खरिदविक्रिवाट ६९ कोड ४३ लाख भन्दावढीको कारोवार भएको थियो ।

तेस्रो दिन मंगलबार भने बजारले उच्च अंकको छलाङ हानेको थियो । बैंक, होटल, बीमा लगायतका समूहको सूचक उचालिँदा समग्र बजार उक्लिएको थियो । यो दिन बजार ३४.२६ अंकले बढेको थियो भने बजार १६३८.४१ अंकको विन्दुमा पुगेको थियो । एक सय ५५ कम्पनीको १९ लाख ३५ हजार ५ सय ९० कित्ता सेयर किनवेच भएको यो दिन एक अर्ब २१ करोड १७ लाख ८८ हजार ५ सय ७९ रुपैयाँको कारोवार भएको थियो । 

बैंकिङ समूहको सूचक २७.२५ अंकले उक्लिदा होटल समूहको सूचक ६१.५२ अंकले बढेको थियो । बिकास बैंक समूहको सूचक २५.२ अंकले उक्लिएको यो दिन जलविद्युत समूहको सूचक ३८.९९, वित्त समूहको सूचक ५.९५ अंकले बढेको थियो । बीमा समूहको सूचक ४ सय १६.६३ अंकले बढेको यो दिन उत्पादनमुलक समूहको सूचक २०.७२ र अन्य समूहको सूचक ०.५८ अंकले बढेको थियो । 

साताको अन्त्यतिर बुधबार भने बजार झिनु अंकले घटेको थियो । यो दिन १.१४ अंकले झरेर १६३७.२७ अंकमा आएपनि कारोवार रकम भने खासै घटेन । एक सय ५५ कम्पनीको १६ लाख ९२ हजार १ सय ७० कित्ता सेयर किनवेच भएको बुधबार एक अर्ब १८ करोड ३१ लाख ८६ हजार १ सय ४६ रुपैयाँको कारोवार भएको थियो । बैकिङ समूहको सूचक २.७७, बिकास बैंक समूहको सूचक ४.७१, जलविद्युत समूहको सूचक ३.१९, फाइनान्स समूहको सूचक ७.०९, उत्पादनमुलक समूहको सूचक २.६४ र ‘अन्य’ समूहको सूचक ०.५८ अंकले घटेको थियो । यो दिन होटल समूहको सूचक १०.३४ अंक र बीमा समूहको सूचक ५१.९६ अंकले बढेको थियो । 

बिहीबार पनि बजार सामान्य घटेको थियो । सेयर कारोवारका हिसावले साताको अन्तिम दिन बजार १.५२ अंकले घटेको हो । एक सय ५५ कम्पनीको १७ लाख ७५ हजार ९ सय ८९ कित्ता सेयर खरिदविक्रि भएको यो दिन ९६ करोड ७ लाख ३८ हजार ४ सय ६ रुपैयाँको कारोवार भएको छ । बजारमा बैंक, होटल, बिकास बैंक र जलविद्युत कम्पनीको सूचक घटे भने फाइनान्स, बीमा, उत्पादनमुलक र अन्य समूहको सूचक बढेका थिए । 

बैकिङ समुहको सूचक ५.४४, होटल समूहको १६.४४, बिकास बैंक समूहको ३.८९ र जलविद्युत समूहको सूचक ११.३१ अंकले घटेको थियो । यस्तै, यो दिन फाइनान्स समूहको सूचक १.२८, बीमा समूहको सूचक ७७.४, उत्पादनमुलक समूहको सूचक १३.४७ र अन्य समूहको सूचक ०.५८ अंकले बढेको थियो  । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।