logo

यो साता ३ अर्ब ६० करोड ६८ लाख ५ हजार रुपैयाँभन्दा बढीको कारोबार

    1352   पटक पढिएको

३० भदौ / अर्थ र व्यापार – नेपालको पुँजी बजारमा यो साता कूल ३ अर्ब ६० करोड ६८ लाख ५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो साता तीन दिन बजार ओरालो लागेको थियो । 

यो साताको पहिलो दिन सेयर बजार ३४.८९ अंकले झरेको थियो । पहिलो दिन उच्च अंकले घटेको बजार १५१९.६६ विन्दुमा आएको थियो । एक सय ५८ कम्पनीको १५ लाख ५७ हजार ३ सय ८३ कित्ता सेयर खरिद बिक्री भएको यो दिन ९२ करोड ४२ लाख ३४ हजार रुपैयाँको कारोवार भएको थियो । 

बैकिङ समूहको सूचक २८.६६, विकास बैंक समूहको सूचक ४९.६, जलविद्युत समूहको सूचक ४०.४८, उत्पादनमुलक समूहको सूचक २४.२४, बीमा समूहको सूचक २९६.७१, वित्त समूहको सूचक १३.५, होटल समूहको सूचक ५१.३४ र अन्य समूहको सूचक २.८९ अंकले घटेको थियो ।

यस्तै, साताको दोस्रो दिन सोमबार बजार ३.६ अंकले बढेको थियो । एक सय ६० कम्पनीको १७ लाख १७ हजार कित्ता सेयर खरिद विक्रि भएको यो दिन ८४ करोड १३ लाख ३४ हजारको कारोवार भएको थियो । 

मंगलबार बजार २१.०६ अंकले ओरालो लागेको थियो । एक सय ५३ कम्पनीको १० लाख ७० हजार ७ सय ४७ कित्ता सेयर किनवेच भएको यो दिन ५६ करोड ९८ लाख ४३ हजार एक सय ३० रुपैयाँको कारोवार भएको थियो । 

बैकिङ समुहको सूचक १८.१४, होटल समूहको सूचक ४२.५३, बिकास बैंकको सूचक २९.८२, जलविद्युत समूहको सूचक १५.५७, फाइनान्स समुहको सूचक १४.९ अंकले झरेको यो दिन बीमा समूहको सूचक १८५.१ घटेको र अन्य समूहको सूचक भने २.६१ अंकले बढेको छ । 

बुधबार पनि बजार ९ अंकले घटेको थियो । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार फेरी घटेपछि १४९३.२० अंकमा झरेको थियो । एक सय ६० कम्पनीको १२ लाख ७७ हजार ५ सय ५४ कित्ता सेयर किनवेच भएको यो दिन ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपैयाँको कारोवार भएको थियो । 

बैकिङ, विकास बैंक, उत्पादनमुलक र ‘अन्य’ समूहको सूचक घटेको यो दिन होटल, जलविद्युत, फाइनान्स, र बीमा समूहको सूचक बढेका थिए । यो दिन बैकिङ समूहको सूचक ११.२६ अंकले घटेको थियो भने विकास बैंक समूहको सूचक २४.०५, उत्पादनमुलक समूहको सूचक २२.६३ र अन्य समुहको सूचक ६.०८ अंकले घटेका थिए । 

यस्तै, होटल समूहको सूचक १०.७४, जलविद्युत समूहको सूचक १२.४७, फाइनान्स समुहको सूचक ९.७१ र बीमा समूहको सूचक ८.९१ अंकले बढेका थिए ।

सेयर बजार बिहीबार भने दोहोरो अंकले बढेको थियो । लगातार ओरालो लागेको बजार सेयर कारोवारका हिसावले साताको अन्तिम दिन भने ३७.११ अंकले उकालो लागेको थियो । योसँगै बजार १५३०.३१ अंकमा उक्लिएर बन्द भएको छ ।1

एकसय ६१ कम्पनीको ११ लाख ७० हजार ७२ कित्ता सेयर खरिद बिक्रिबाट ६३ करोड ५० लाख ५ हजार ३ सय ५४ रुपैयाँको कारोवार भएको थियो । बिहीबार सवै समूहको सूचक हरियो भएका थिए । 

बैकिङ समूहको सूचक ३६.९७ अंकले बढेको थियो भने टे«डिङको सूचक १७.१४, होटल समूहको सूचक ४३.६ र विकास बैंक समूहको सूचक २३.९१ अंकले बढेका थिए । जलविद्युत समूहको सूचक १५.०२, फाइनान्स समूहको सूचक २६.३९, बीमा समूहको सूचक २४९.०८, उत्पादनमुलक समूहको सूचक ३४.११ र अन्य समूहको सूचक १०.४१ अंकले बढेका छन् । 
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।