logo

सोमबार सेयर बजारमा ८.९३ अंकको गिरावट

    1323   पटक पढिएको

२६ असार / अर्थ र व्यापार – मौद्रिक नीतिले लगानीकर्ता अन्यौलमा परेपछि सेयर बजार घटेको छ । साताको दोस्रो दिन पुँजी बजार ८.९३ अंकले झरेको छ । एक सय कम्पनीको सेयर कारोवार भएको आज बजार एक हजार ५ सय ७५.२२ अंकमा झरेर रोकिएको छ । 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा गरेको व्यवस्थाले ऋण पाइने अवस्था कायमै छ वा घट्यो भन्ने अन्यौलले नै बजार झरेको हो । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पूँजीको ४० प्रतिशत बराबर मात्र सेयर धितो कर्जा दिन पाइने व्यवस्था गरेको छ । यसअघि प्राथमिक पूँजीको सत् प्रतिशत ऋण लगानी गर्न पाइन्थ्यो ।

बजारमा १५० कम्पनीको ६९ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सेयर धितो कर्जाको अन्यौलले वित्तीय क्षेत्रका सबै उपसुचकहरु झरेका छन् । खासगरी बैंक, विकास बैंक र फाइनान्स कम्पनीको सुचक झर्दा समग्र बजार ओरालो लागेको हो । उत्पादनमूलक क्षेत्रको सुचक भने करिव ५६ अंकले बढेको छ ।

आज २८ लाख ६५ हजा ९२ कित्ता किनवेच भएको वजारमा ६९ करोड ३५ लाख ९७ हजार ५ सय ४१ रुपैयाँको कारोवार भएको छ । बैकिङ समूहको सूचक ८.७५ अंकले घटेको आज होटल समूहको सूचक १५.०८, विकास बैंक समूहको सूचक ११.५४, जलविद्युत समूहको सूचक १६.५३ अंकले ओरालो लागेको छ । 

फाइनान्स समूहको सूचक ३.०७ अंकले घटेको आज बीमा समूहको सूचक ५९.६३ र अन्य समूहको सूचक ४.०४ अंकले घटेको छ । आज उत्पादनमुलक समूहको सूचक मात्रै ५५.७५ अंकले बढेको छ । अन्य समूहको सूचक भने सवै रातो भएका छन् । 

बजारमा सबैभन्दा बढि सोल्टी होटलको सेयर किनबेच भएको छ । कम्पनीको सात करोड ३३ लाखको किनेबेच भएको हो। यसपछि नेपाल लाइफ इन्स्योरेन्सको तीन करो८ ८६ लाख, सेञ्चुरी कमर्सियल बैंकको तीन करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बजार घटे पनि वर्ल्ड मर्चेन्ट, कुबेर मर्चेन्टका लगानीकर्ताले कमाएका छन् । बढि गुमाउनेमा प्रोग्रेसिभ फाइनान्स, सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ता छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।