logo

सोमबार सेयरबजारमा ६.४८ अंकको गिरावट

    1234   पटक पढिएको

९ साउन / अर्थ र व्यापार – साताको पहिलो दिन एक अर्ब चार करोडको सेयर किनबेच भएको बजारमा दोस्रो दिन सोमबार पनि एक अर्ब बढीको कारोबार भएको छ । बजार सामान्य घटेको अवस्थामा लगानीकर्ताले सेयर खरिद बढाउँदा कारोबार उत्साहजनक देखिएको छ ।

बजारमा कारोबारमा आएका अधिकांस समूहमा गिरावट आएपछि सोमबार नेप्से परिसूचक ६.४८ अंकले घटेर १६२९.०८ विन्दुमा पुगेकोे छ । १५३ कम्पनीको कारोबार भएको बजारमा १७ लाख २५ हजार कित्ता सेयर एक अर्ब पाँच करोड बराबरमा किनबेच भए । आइतबारको तुलनामा कारोबार रकम एक करोड बढी हो ।

यसदिन पनि बीमा कम्पनीहरुको ४८ करोड ३० लाख बराबरको सेयर किनबेच भयो । बीमा समूहको सूचक सय अंकले बढेर ९३६९ अंक पुगेको छ । यसदिन १५ अंकले घटेको वाणिज्य बैंक समूहमा भने २१ करोड बराबरको सेयर किनबेच भएको छ ।

आज उपसूचक मिस्रित देखिएका छन् । आठ समूहमा पाँच समूहको सूचक घटेको छ भने तीन समुहमा वृद्धि भएको छ । बैंक १५.२६, होटल २६.७१, विकास बैंक ७.०४, जलबिद्युत ४.०२ र अन्य ०.५८ अंकले घटेको छ । फाइनान्स ३.६१, बीमा १००.७, उत्पादनमुलक ३९.७८ अंकले बढेको छ ।

सानिमाको आज शतप्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन भएकोले पनि सानिमाको शेयरमा लगानीकर्ताले खरिद चाप बढाएका हुन् । सानिमाको करिब आठ अर्ब ७९ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

पाँच कम्पनीको सेयरमूल्य दश प्रतिशतका दरले बढ्यो । यसदिन नेशनल हाइड्रो, अरुण फाइनान्स, हिमालयन डिष्टलरी, राष्ट्रिय बीमा कम्पनी साधारण र संस्थापक दुवैको सेयरमूल्य दश प्रतिशतक दरले बढेको छ । यसदिन गुराँस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतकादरले गुमाए । करिब सात प्रतिशत गुमाउँदै गोर्खा फाइनान्स गुमाउने कम्पनीको सूचीमा पहिलो भएको छ ।                

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।