logo

सोमबार सेयरबजारमा ६.४८ अंकको गिरावट

    1503   पटक पढिएको

९ साउन / अर्थ र व्यापार – साताको पहिलो दिन एक अर्ब चार करोडको सेयर किनबेच भएको बजारमा दोस्रो दिन सोमबार पनि एक अर्ब बढीको कारोबार भएको छ । बजार सामान्य घटेको अवस्थामा लगानीकर्ताले सेयर खरिद बढाउँदा कारोबार उत्साहजनक देखिएको छ ।

बजारमा कारोबारमा आएका अधिकांस समूहमा गिरावट आएपछि सोमबार नेप्से परिसूचक ६.४८ अंकले घटेर १६२९.०८ विन्दुमा पुगेकोे छ । १५३ कम्पनीको कारोबार भएको बजारमा १७ लाख २५ हजार कित्ता सेयर एक अर्ब पाँच करोड बराबरमा किनबेच भए । आइतबारको तुलनामा कारोबार रकम एक करोड बढी हो ।

यसदिन पनि बीमा कम्पनीहरुको ४८ करोड ३० लाख बराबरको सेयर किनबेच भयो । बीमा समूहको सूचक सय अंकले बढेर ९३६९ अंक पुगेको छ । यसदिन १५ अंकले घटेको वाणिज्य बैंक समूहमा भने २१ करोड बराबरको सेयर किनबेच भएको छ ।

आज उपसूचक मिस्रित देखिएका छन् । आठ समूहमा पाँच समूहको सूचक घटेको छ भने तीन समुहमा वृद्धि भएको छ । बैंक १५.२६, होटल २६.७१, विकास बैंक ७.०४, जलबिद्युत ४.०२ र अन्य ०.५८ अंकले घटेको छ । फाइनान्स ३.६१, बीमा १००.७, उत्पादनमुलक ३९.७८ अंकले बढेको छ ।

सानिमाको आज शतप्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन भएकोले पनि सानिमाको शेयरमा लगानीकर्ताले खरिद चाप बढाएका हुन् । सानिमाको करिब आठ अर्ब ७९ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

पाँच कम्पनीको सेयरमूल्य दश प्रतिशतका दरले बढ्यो । यसदिन नेशनल हाइड्रो, अरुण फाइनान्स, हिमालयन डिष्टलरी, राष्ट्रिय बीमा कम्पनी साधारण र संस्थापक दुवैको सेयरमूल्य दश प्रतिशतक दरले बढेको छ । यसदिन गुराँस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतकादरले गुमाए । करिब सात प्रतिशत गुमाउँदै गोर्खा फाइनान्स गुमाउने कम्पनीको सूचीमा पहिलो भएको छ ।                

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।