logo

सोमबार सेयरबजारमा ४.४२ अंकको गिरावट

    1491   पटक पढिएको

२ असोज / अर्थ र व्यापार – सोमबारको सेयरबजार ओरालो लागेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ । अघिल्ला दुई दिन आइतबार र गत बिहीबार उच्च अंकले बढेको बजारमा करेक्शन आएपछि बजारमा सामान्य ओरालो लागेको हो । गत बिहीबार ३५ अंक तथा आइतबार १७ अंकले बजार बढेको थियो ।

सोमबार पनि बजार खुल्नासाथ लगातार बढेर १८ अंक माथिसम्म पुगेको बजारमा बिक्रीकर्ताको चाप आउन थालेपछि क्रमश ओरालो लागेको हो । कारोबार खुलेको पहिलो आधा घण्टाकै अवधिमा नेप्से १८ अंक माथि पुगेको थियो । तर विस्तारै करेक्शन आएको बजार ४.४२ अंकले घटेर १५४३.७० अंकमा बन्द भएको छ । 

कारोबारमा आएका अधिकांस समूहका सूचक घटेपछि बजार ओरालो लागेको हो। यसदिन व्यापार, जलविद्युत र उत्पादन बाहेकका सबै समूहका सूचक ओरालो लागेको छन् । सबैभन्दा धेरै बीमा समूह ७९ अंकले ओरालो लागेको छ । होटल २० अंकले घटेको छ भने अन्य बाँकी समूह सामान्य झरेका छन् ।

यसदिन १६१ कम्पनीको ४६ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब ३१ करोड कम हो । सोमबारको बजारमा एभरेष्ट बैंकको सबैभन्दा धेरै २ करोड ७७ लाखको कारोबार भयो । नेपाल लाइफको पनि २ करोड ७५ लाख बराबरको सेयर किनबेच भयो ।

यसदिन पनि विशाल बजार कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै झण्डै दश प्रतिशतले बढ्यो । हाम्रो विकास बैंक, फरवार्ड माइक्रोफाइनान्स तथा प्रोगेशिभ फाइनान्स लगायतको सेयरमूल्य बढेको छ ।

बरुण हाइड्रो पावरको सेयरमूल्य सबैभन्दा धेरै चार प्रतिशत बढीले घटेको बजारमा दिव्यश्वरी हाइड्रो, सिन्धु विकास, सिनर्जी हाइड्रो तथा सनराइज बैंक लगायतको सेयरमूल्य घटेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।