logo

सोमबार सेयर बजार ३.६० अंकले बढ्यो

    1460   पटक पढिएको

२६ भदौ / अर्थ र व्यापार – आइतबार भारी गिरावट भएको शेयर बजारमा सोमबार भने सामान्य सुधार देखिएको छ । कारोबार खुलेको पहिलो घण्टा करिब नौ अंकले घटेको बजार दोस्रो घण्टाबाट फर्किएको थियो । साढे १२ बजे करिब नौ अंक बढेर बजार सूचक १५२९ अंकसम्म उक्लिएको थियो । त्यसपछि लगातार घटेको सूचक कारोबारको अन्त्यमा थोरै बढेर बन्द भयो ।

सोमबार बजार मापक सूचक ३.६० अंकले बढेर १५२३.२६ अंकमा उक्लिएको छ । अघिल्लो दिन आइतबार सूचक ३४.८९ अंकले घटेको थियो । सोमबार सेन्सेटिभ इन्डेक्समा समेत सुधार देखिएको छ । ०.४४ अंकले बढेर ३१९.६७ अंकमा सेन्सेटिभ इन्डेक्स उक्लिएको छ ।

सोमबार १६० कम्पनीका १७ लाख १७ हजार कित्ता शेयर ८४ करोड १३ लाख रुपैयाँमा खरिद बिक्री भयो । आज सबैभन्दा बढी नबिल बैंकको शेयर खरिद बिक्री भयो । १० करोड २८ लाख रुपैयाँको कारोबार गर्दै  बैंकले कारोबार रकममा अग्रता कायम गर्यो ।

उपसूचक मिस्रित देखिएका छन् । आठ समूहको कारोबारमा पाँच समूहमा वृद्धि देखिएको छ भने तीन समूह घटेको छ । बैंक १.३९, फाइनान्स ०.६४ र अन्य १.१६ अंकले घटेको छ । होटल ३५.५६, विकास बैंक ११.०८, जलबिद्युत ६.३८, बीमा ८१.२५ र  उत्पादनमूलक ३०.६९ अंकले बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।