logo

सोमबार सेयर बजार २०.५८ अंकले बढ्यो

    1542   पटक पढिएको

२ साउन / अर्थ र व्यापार – चालु आर्थिक वर्षको पहिलो दिन सामान्य बढेको सेयर बजार दोस्रो दिन भने साढे २० अंकले बढेको छ । कारोबारमा आएका सबै समूहमा हरियाली छाएपछि यसदिन नेप्से परिसूचकसँगै कारोबार रकममा समेत बढोत्तरी आएको छ ।

सोमबार नेप्से २०.५८ अंकले बढेर १६०४.१५ विन्दुमा पुगेकोे छ । कारोबारमा सबै समूहका सूचक बढेपछि बजारमा उच्च सुधार आएको हो । यसदिन वाणिज्य बैंक समूह २१.८३, होटल २६.९३, विकास बैंक २९.५७, जलविद्युत ९.१८, वित्त ५.२३, बीमा समूह ९५.३५ अंक, उत्पादन समूह २७.०४ र अन्य समूह भने १.१६ अंकले बढेका छन ।

१५४ कम्पनीको कारोबार भएको बजारमा २० लाख १२ हजार कित्ता सेयर ६९ करोड ४३ लाख रुपैयाँ बराबरमा किनबेच भए । आइतबारको तुलनामा कारोबार रकम भने एक करोड रुपैयाँले बढी हो ।

सोमबारको सेयरबजारमा हिमालयन डिष्टिलरीको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले बढेको छ । नेशनल माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, रिलायबल वित्तीय संस्था, सिनर्जी पावर तथा किसान माइक्रो फाइनान्स लगायतका कम्पनीको सेयरमूल्य बढेको छ ।

सोमबारको बजारमा कुवेर मर्चेन्ट फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । एभरेष्ट बैंक संस्थापक, काबेली विकास बैंक दिव्यश्वरी हाइड्रो तथा कर्णाली डेभलपमेन्ट बैंक लगायतको सेयरमूल्य घटेको छ ।

यसदिन फरवार्ड माइक्रोफाइनान्सको ४ करोड ८९ लाख बढीको सेयरको किनबेच भएको छ । नेपाल लाइफ, कुवेर मर्चेन्ट र सानिमा बैंकको पनि तीन करोड बढीको कारोबार भयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।