logo

मेगा बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रार परिवर्तन

    1776   पटक पढिएको

२७ चैत्र /अर्थ र व्यापार - मेगा बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंककोे शेयर रजिष्ट्रार परिवर्तन भएको छ । अब मेगा बैंकको शेयर रजिष्ट्रार आफ्नै सहायक कम्पनी मेगा क्यापिटल मार्केट्स र नेपाल कम्युनिटीको ग्लोबल आईएमई क्यापिटल कायम भएको छ । यससँगै अब मेगा बैंकको शेयरधनीहरुले बैंकको शेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने लगायत सम्पूर्ण कामहरुका लागि मेगा क्यापिटल मार्केट्स, त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गर्नुपर्ने भएको छ । 

बैंकले २ गतेदेखि मेगा क्यापिटल मार्फत शेयर रजिष्ट्रारको काम सुरु गरिने जनाएको छ । यसअघि भने नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले मेगा बैंकको शेयर रजिष्ट्रारको काम गर्दै आएको थियो । साथै बैंकले चैत २६ देखि २९ गतेसम्म शेयर प्रमाणपत्र, नगद लाभांश वितरण, तथा नामसारी लगायतका अन्य काम हिसाब मिलानका लागि बन्द रहने जनाएको छ ।

केही समय अधि मात्र धितोपत्र बोर्डले मेगा क्यापिटल मार्केट्सलाई मर्चेन्ट बैंकिङ्ग कारोबारको अनुमति दिएको थियो । यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने लगायत शेयर रजिष्ट्रेशनका सम्पूर्ण कामहरुका लागि ग्लोबल आईएमई क्यापिटल जमलमा सम्पर्क गर्नुपर्ने भएको छ ।

यसअघि भने नेपाल कम्युनिटीको शेयर सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने लगायत सम्पूर्ण कामहरु एनआईबिएल एस क्यापिटल लाजिम्पाटले गर्दै आइरहेको थियो । बैंकले ग्लोबल आइएमई क्यापिटलले चैत २७ गते बुधबारदेखि शेयर रजिष्ट्रारको काम सुरु गर्ने जनाएको छ । यससँगै अब कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ग्लोबल आईएमई क्यापिटलबाट शेयर रजिष्ट्रेशनका सम्पूर्ण सेवा पाउनेछन् ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।