logo

मेगा बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रार परिवर्तन

    1485   पटक पढिएको

२७ चैत्र /अर्थ र व्यापार - मेगा बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंककोे शेयर रजिष्ट्रार परिवर्तन भएको छ । अब मेगा बैंकको शेयर रजिष्ट्रार आफ्नै सहायक कम्पनी मेगा क्यापिटल मार्केट्स र नेपाल कम्युनिटीको ग्लोबल आईएमई क्यापिटल कायम भएको छ । यससँगै अब मेगा बैंकको शेयरधनीहरुले बैंकको शेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने लगायत सम्पूर्ण कामहरुका लागि मेगा क्यापिटल मार्केट्स, त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गर्नुपर्ने भएको छ । 

बैंकले २ गतेदेखि मेगा क्यापिटल मार्फत शेयर रजिष्ट्रारको काम सुरु गरिने जनाएको छ । यसअघि भने नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले मेगा बैंकको शेयर रजिष्ट्रारको काम गर्दै आएको थियो । साथै बैंकले चैत २६ देखि २९ गतेसम्म शेयर प्रमाणपत्र, नगद लाभांश वितरण, तथा नामसारी लगायतका अन्य काम हिसाब मिलानका लागि बन्द रहने जनाएको छ ।

केही समय अधि मात्र धितोपत्र बोर्डले मेगा क्यापिटल मार्केट्सलाई मर्चेन्ट बैंकिङ्ग कारोबारको अनुमति दिएको थियो । यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने लगायत शेयर रजिष्ट्रेशनका सम्पूर्ण कामहरुका लागि ग्लोबल आईएमई क्यापिटल जमलमा सम्पर्क गर्नुपर्ने भएको छ ।

यसअघि भने नेपाल कम्युनिटीको शेयर सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने लगायत सम्पूर्ण कामहरु एनआईबिएल एस क्यापिटल लाजिम्पाटले गर्दै आइरहेको थियो । बैंकले ग्लोबल आइएमई क्यापिटलले चैत २७ गते बुधबारदेखि शेयर रजिष्ट्रारको काम सुरु गर्ने जनाएको छ । यससँगै अब कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ग्लोबल आईएमई क्यापिटलबाट शेयर रजिष्ट्रेशनका सम्पूर्ण सेवा पाउनेछन् ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।