logo

बुधबार माछापुच्छे बैंकको लिलामी सेयर बाँडफाँड भयो,

    1742   पटक पढिएको


कात्तिक १६ / अर्थ र व्यापार - माछापुच्छ्रे बैंकको सेयर लिलामी बुधबार बाँडफाँड भएको छ । बैंकको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार बैंकको साधारण सेयर ३०४ रुपैयाँ मूल्य बोलकबोल गर्ने लगानीकर्ताले प्राप्त गर्ने देखिएको छ । उता संस्थापक सेयरमा १५७ रुपैयाँभन्दा माथि बोलकबोल गर्नेले प्राप्त गरेका छन् ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कमल नेपालले साधारण सेयरमा ४ हजार ८३९ जनाले आवेदन दिएकोमा प्रारम्भिक तथ्याङ्क अनुसार ३०४ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा बोलकबोल गर्नेले सेयर प्राप्त गर्ने देखिएको जनाएका छन् । अन्तिम तथ्याङ्कमा केही तलमाथि पर्नसक्ने उनको भनाई छ । साधारण सेयरमा लागि लगानीकर्ताले अधिकतम ३८१ रुपैयाँसम्मको बोलपत्र पेश गरेका थिए । संस्थापक सेयरमा ७ जनाको आवेदन परेकोमा ५ जनाले सेयर प्राप्त गरेका छन् । संस्थापक सेयरका लागि अधिकतम २१७ रुपैयाँसम्मको बोलपत्र पेश भएको थियो ।

बैंकले गत साउन ५ देखि भदौ ७ गतेसम्म १२ प्रतिशत बराबरको ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा कात्तिक ५ गतेदेखि अवितरित एक लाख ४० हजार ७४० कित्ता साधारण सेयर तथा २० हजार दुई कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याएको थियो ।
बैंकले गत आवको नाफाबाट हकप्रदले समेत पाउने गरि ९ प्रतिशत बोनस सेयर तथा ६ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ । प्रस्तावित बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड ५६ लाख ९२ हजार रुपैयाँ पुग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।