logo

लगानीकर्तालाई नेप्से हाताभित्र अनशन बस्न प्रहरीद्वारा रोक

    1484   पटक पढिएको

१२ चैत्र/ अर्थ र व्यापार - शेयर लगानीकर्ता दबाब समूहका लगानीकर्तालाई नेप्से हाताभित्र अनशन गर्न प्रहरीले रोक लगाएको छ । सोमबार नेप्से परिसरमा कालो बेलुन उडाएर अनिश्चितकालिन रिले अनशन सुरु गरेका उनिहरुलाई मंगलबार प्रहरीले बाटोमै रोकेका हुन् ।

नेप्सेको कार्यालयमा प्रवेश गर्न प्रहरी हस्तक्षेप पश्चात दबाब समूहका लगानीकर्ताहरुले बाटोमै अनशनको तयारी थालेका छन् । पूँजी बजार सुधार र विस्तारका लागि आफुहरुले राखेको ३२ बुँदे माग सुनुवाई नभएको भन्दै उनीहरुले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत अनशन सुरु गरेको बताएका छन् ।

उता धितोपत्र बोर्डले भने मुद्रा तथा पूँजीबजार कार्यदलले दिएको सुझावमा समेटिएको ५८ बुँदामध्ये आफ्नो क्षेत्राधिकारको २८ बुँदामा समेटिएका तत्काल गर्नुपर्ने कामहरु अकिांश सम्पन्न भैसकेको र अन्य पनि प्रकृयामा रहेको जनाएको छ । लगानीकर्ताले उठाएका सरोकारका अन्य विषयमा पनि बोर्डले आफ्नो क्षेत्रधिकारभन्दा बाहिरका विषयहरुमा नेपाल सरकार र अन्य निकायसँग समन्वय गर्न बोर्ड तत्पर रहेको जनाएको थियो । यता लगानीकर्ता दबाब समूहले भने धेरै बुँदा कार्यान्वयन नभएको तथा आफ्नो समूहले उठान गरेका ३२ बुँदे मागको कार्यान्वयनमा नियामक निकाय गैह्र जिम्मेवार बनेकाले आन्दोलन गर्नु परेको समूहले जनाएको छ ।

चैत १० गते धितोपत्र बोर्डको कार्यालयमा ३ घण्टा तालाबन्दी गरेको दबाब समूहले दोस्रो चरणमा निर्णायक आन्दोलन गर्ने भन्दै रिले अनशन सुरु गरेका हुन् । प्रहरीले तीन घण्टा  पश्चात बल प्रयोग गरेर ताला फोडेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।