logo

नेप्सेको सेयर किन्न लगानीकर्ता इच्छुक देखिएनन्

    1181   पटक पढिएको

२ मंसिर / अर्थ र व्यापार -  नेपाल स्टक एक्सचेन्ज(नेप्से)को सेयर खरिद गर्न लगानीकर्ताले चासो नदेखाएको पाइएको छ । स्टक एक्सचेन्जमा राष्ट्र बैंकको स्वामित्वमा रहेको ३४.६० प्रतिशत सेयर बिक्रीको लागि राखिएपनि अझै १४.६० प्रतिशत सेयर बिक्री हुन सकेको छैन ।

गत असारमा नै राष्ट्र बैंकले नेप्सेमा भएको आफ्नो ३४ प्रतिशत सेयर बेच्नका लागि सुचना जारी गरेको थियो । हालसम्म राष्ट्र बैंकको २० प्रतिशतल सेयर मात्र बिक्र्री भएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अर्थ र व्यापारलाई बताए । ‘राष्ट्र बैंकले सुचना जारी गरेको ३ महिनापछि २० प्रतिशत सेयर बिक्री भएको हो,’ उनले भने ‘बाँकी १४.६० प्रतिशत सेयर बिक्रीका लागी हालसम्म कुनै आवेदन परेको छैन ।’ राष्ट्र बैंकको नेप्सेमा १७ लाख २९ हजार ९ सय ८९ कित्ता सेयर रहेको थियो । बैंकले प्रतिकित्ता १ हजार ३२ रुपैयाँ न्यूनतम मूल्य तोक्दै बोलकबोलमार्फत सेयर बिक्री गर्न गत असारबाट नै खोजेको थियोे ।

राष्ट्र बैंकको नेप्सेमा रहेको ३४.६० प्रतिशत सेयर लगानीमा मध्ये १० प्रतिशत कर्मचारी सञ्चयकोषले खरिद गरेको छ । भने ५ प्रतिशत प्रभु बैंकले र ५ प्रतिशत सेयर लक्ष्मी बैंकले खरिद गरेको छ । खरिद भएको सेयरमो कर्मचारी सञ्चयकोषले प्रतिकित्ता १ हजार ३२ का दरले ५ लाख कित्ता, प्रभु बैंकले प्रतिकित्ता १ हजार ३ सयका दरले साढे २ लाख कित्ता र लक्ष्मी बैंकले प्रतिकित्ता १ हजार १ सय १ रुपैयाँका दरले साढे २ लाख कित्ता सेयर खरिद गरेको हो ।

नेप्सेमा सबैभन्दा बढी नेपाल सरकारकोे ५८.६६ प्रतिशत सेयर लगानी,राष्ट्र बैंकको ३४.६० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत लगानी रहेको भने सेयर ब्रोकरहरुको ०.६२ प्रतिशत लगानी रहेको थियो । अहिलेको संरचनामा सरकारको ५८.६६ प्रतिशत,कर्मचारी संचय कोषको १० प्रतिशत सेयर स्वामित्व हुने छ । बैंकहरुमा प्रभु र लक्ष्मी बैंक सेयरधनी बनेका छन् ।

राष्ट्र बैंकले अन्य संस्थामा रहेको सेयर बिक्री गर्ने नीति अनुसार नेप्सेमा रहेको सेयर बिक्री गर्न लागेको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।