logo

सेयर बजार बन्द गरिएपछि सेयर लगानीकर्ता आन्दोलित

    1749   पटक पढिएको

१५ असार / अर्थ र व्यापार – साताको अन्तिम दिन सेयर दलालहरुले अचानक सेयर बजार बन्द गरेको भन्दै सेयर लगानीकर्ता संघ आन्दोलित बनेको छ । सेयर लगानीकर्ता संघले अचानक बजार बन्द गरिएकोमा आपत्ति जनाउँदै तत्काल बजार खोलेर लगानीकर्तालाई सहज रुपमा सेयर कारोबार खुलाउन माग गरेको छ ।

संघका प्रबक्ताले जारी गरेको बक्तब्यमा दक्षिण एशियाकै चर्को कमिशन लगानीकर्ताबाट असुल गरेर पनि लगानीकर्तालाई नै आघात पर्ने गरी बजार बन्द गरिदाको क्षतिपुर्ति भराउन समेत माग गरिएको छ ।

कर कार्यालयहरुले सेयर दलालहरुलाई मूल्य अभिबृद्धि कर (भ्याट) मा दर्ता हुन र २०६९ सालदेखिको बक्यौता भ्याट तिर्न भनेपछि सेयर दलालहरुले धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाएर कारोबार बन्द गरेका छन् । आफुहरुले लगानीकर्ताहरुबाट भ्याट नउठाएकाले भ्याट तिर्ने प्रश्नै नभएको दलालहरुको तर्क छ । यो समाचार तयार पार्दा दिउँसो साढे एक बजेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुनै कारोबार भएको छैन ।

उता सेयर लगानीकर्ता संघले भने अचानक सेयर बजार बन्द गरिएको बिरोधमा दिएसो दुई बजे नेप्सेको कार्यालय(मा धर्ना दिने भएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।