logo

बजारमा साढे एक अर्बको कारोबार, ग्लोबल आईएमई बैंक सहित तीन कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

    1659   पटक पढिएको

७ माघ / अर्थ र व्यापार - मंगलबारको बजार सामान्य अंकले उकालो लागेको छ । नेप्से परिसूचक ३.३६ अंकले बढेर १३२०.४७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले बढी हो ।

सामान्य अंकले बढेको बजारमा कूल एक अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४६ करोड रुपैयाँ कम हो । सोमबारको बजारमा एक अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये हिमालयन बैंकको सबैभन्दा बढी संस्थापक सेयर खरिद बिक्री भएका छन् । बैंकको एकैदिन २४ करोड ४६ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । मंगलबार बैंकको संस्थापक सेयरको मूल्य प्रतिकित्ता २९० रुपैयाँ रहेको छ ।

मंगलबार तीन कम्पनीका सेयरधनीले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी गुराँस लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.८३ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ६८२ रुपैयाँ रहेको छ । त्यस्तै, ग्लोबल आईएमई बैंक र पाँचथर पावर कम्पनीको सेयर मूल्य क्रमशः ९.७५ र ९.५२ प्रतिशतले बढेको छ । मंगलबार यी दुई कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता ३०४ र १३८ रुपैयाँ रहेको छ ।

सो दिन निर्जीवन बीमा समूह ८१.१७ र जीवन बीमा समूह ६१ अंकले उकालो लागेका छन् । उता विकास बैंक समूह भने सबैभन्दा बढी १०.२७ अंकले ओरालो लागेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।