logo

नेशनल हाइड्रोपावरका लगानीकर्ताले गुमाए ५ वर्षमा सवा २ अर्ब

    1193   पटक पढिएको

 

२५ कात्तिक / अर्थ र व्यापार -  नेशनल हाइड्रोपावर कम्पनीका सेयर लगानीकर्ताले ५ वर्ष ४ महिना अघि प्रतिकित्ता २२० रुपैयाँमा किनेको सेयरमा यतिबेला १६५ रुपैयाँ नोक्सान व्यहोरेका छन् ।
कम्पनीको सेयर मूल्य सोमबारसम्म आइपुग्दा कम्पनीको सेयर किनेका लगानीकर्ताले अहिले कुल पुँजीभन्दा ९३ प्रतिशत प्रतिशत बढी ब्याज तिरिसकेका छन् । छन । उक्त समयमा ऋण लिँदा १४ प्रतिशत ब्याज तिर्नुपर्ने थियो ।

१४ प्रतिशत ब्याज तिर्दा २२० रुपैयाँको लगानीकर्ताले ३० रुपैयाँ ८ पैसा वार्षिक ब्याज तिर्थे । ३० रुपैयाँ ८ पैसा ब्याज तिर्दा एक वर्षमा सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँ ८ पैसा पर्न जान्छ । कम्पनीको वास्तविक सेयर मूल्य वर्षेनी घट्दै गयो तर लगानीकर्ताको लागत भने बढ्दै गयो । त्यसको कारण भनेको बैंकबाट लिएको ब्याज र घट्दो सेयर मूल्य नै हो । लगानीकर्ताले आफूले गरेको लगानी उठाउने मात्रै हो भने पनि यो कम्पनीको सेयर मूल्य ६.७ गुणाले बढ्नु पर्ने अध्ययनले देखाएको छ ।

बैंकको वार्षिक १४ प्रतिशतले ब्याज तिर्दा लगानीकर्ताहरुले हालसम्म २२० रुपैयाँको ब्याज मात्रै २०३ रुपैयाँ ५९ पैसा तिरिसकेका छन् । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४ रुपैयाँमात्रै छ । तर लगानीकर्ताले ५ वर्ष ४ महिना अघि जति ऋण लिएका थिए, त्यो रकमको वार्षिक ब्याज नै अहिलेको सेयर मूल्यको हाराहारीमा छ । अर्थात सेयर मूल्य प्रतिकित्ता ५४ रुपैयाँ छ ।

लगानी गरेको रकम अर्थात २२० रुपैयाँको ब्याज र ब्याजको नि ब्याज तिर्नु पर्दा लगानीकर्तालाई बार्षिक ५२ रुपैयाँ ०१ पैसा तिर्नु पर्ने अवस्थामा पुगको छन् । वर्षेनी लगानीकर्ताको लागत पुँजी घटिरहेको छ तर बैंकमा तिर्नुपर्ने ब्याज भने बर्षेनी बढ्दो छ । जसकाकारण लगानीकर्ताले यो अवधिमा बैंकमा ब्याज मात्रै ९३ प्रतिशत तिरिसकेका छन् ।

लगानीकर्ताले आफूले गरेको लगानी उठाउने मात्रै हो भने पनि यो कम्पनीको सेयर मूल्य ६.७ गुणाले बढ्नु पर्ने अध्ययनले देखाएको छ । जुन समयमा सेयर लगानीकर्ताले १४ प्रतिशत ब्याजमा ऋण लिएर सेयरमा लगानी गरे उनीहरु अहिले दैनिक रुपमा आफ्नो लगानी गुमाइ रहेका छन् ।

तर, त्यो समयमा बैंकहरुले मुद्दति निक्षेपमा दिने १० प्रतिशत ब्याज पाउनका लागि २२० रुपैयाँ बैंकमा राखेको भए निक्षेपको ६१ प्रतिशत ब्याज पाउने रहेछन् । अर्थात २२० रुपैयाँको ५ वर्ष ४ महिनामा १३४ रुपैयाँ त ब्याज नै आउने रहेछ । लगानीकर्ताले उक्त रकम मुद्दतिमा राख्दा बर्षेनी पाउने ब्याज बढ्दै जाने थियो । २२० रुपैयाँ उक्त अवधिमा ब्याजसहित ३५४ रुपैयाँ ३१ पैसा हुने थियो । तर फाइदाको आशामा लगानी गर्ने लगानीकर्ताले अहिले सम्म एक रुपैयाँ नि लाभांश पाएका छैनन् भने २२० रुपैयाँ लगानी नै ५४ रुपैयाँमा झरेको छ ।


 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।