logo

कमजोर कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण, बैंकको मूल्य झरेपछि शेयर बजार ओरालो

    1799   पटक पढिएको

१३ पुस / अर्थ र व्यापार - साताको पहिलो दिन शेयर बजार ओर्लिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ४.९९ अंकले घटेर ११६२.४३ अंकमा ओर्लिएको छ। 
नेप्सेमा सूचिकृत ठूला कम्पनीहरूको मूल्य घटेपछि कारोबार मापक सूचक घटेको हो। आइतबार वाणिज्य बैंकहरूको कारोबार मापन गर्ने उपसूचक ०.८३ प्रतिशतले घटेपनि नेप्से घटाउन टेवा पुर्यायएको हो। 

नेप्सेमा सूचिकृत कम्पनीहरूमा वाणिज्य बैंकहरूको वर्चस्व छ। यो समूहको कारोबारले सूचक घटरबढ गराउन सबैभन्दा बढी भूमिका निर्वाह गर्ने गरेको छ। 

आइतबार लगानीकर्ताको आकर्षण कमजोर कम्पनीहरूमा देखिएको छ। सबैभन्दा बढी बढ्ने कम्पनीको सूचीमा कमजोर अबस्थाका कम्पनीहरू रहेका छन्। साल्ट ट्रेडिङ् कम्पनी बाहेक माउन्टेन हाइड्रो पावर, नेपाल फाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक, आखु खोला जलविद्युत कम्पनीलगायतको शेयर मूल्य चारदेखि नौ प्रतिशतसम्म बढेका छन्। दुई सय रुपैयाँभन्दा कम मूल्यमा शेयर पाउन थालेपछि लगानीकर्ताको आकर्षण साना कम्पनीमा देखिएको हो। 

आइतबार १८१ कम्पनीको शेयर कारोबार भएको छ। जसमा ९६ कम्पनीका शेयर मूल्य घटेका छन् भने ४३ कम्पनीको शेयर मूल्य बढेका छन्। २२ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन। 

एक सय ८१ कम्पनीको शेयर कारोबारमा १५ लाख ५४ हजार कित्ता शेयर किनबेच भएको छ। कुल ४२ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। सबैभन्दा बढी शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ। कम्पनीको चार करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। 

कारोबार रकमकै आधारमा नेपाल इन्भेष्ट बैंक संस्थापक शेयर दोस्रो भएको छ। बैंकको तीन करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ

उपसूचक मिश्रित देखिएका छन्। जसमा आठ समूहको उपसूचक घटेको छ भने चार समूहको उपसूचक बढेका छन्। सबैभन्दा बढी ट्रेडिङ् समूहको उप सूचक करिब आठ प्रतिशत बढेको छ भने सामूहिक लगानी कोषको उप सूचक १.९२ प्रतिशतले घटेको छ। 

आइतबारको कारोबारमा कर्पोरेट डिबेन्चरको समेत किनबेच भएको छ। यसअघि म्याचिङ् कारोबार मात्रै हुँदै आएको डिबेन्चरको आइतबार सामान्य कारोबार समेत भएको हो। सानिमा बैंकको २५ कित्ता कर्पोरेट डिबेन्चरको करिब तीन प्रतिशत मूल्य बढेर नियमित कारोबार भएको हो। 

नेप्सेले डिम्याट भएका डिबेन्चरको कारोबार अनलाइन नै गर्न सक्ने व्यवस्था गरेपछि यसको कारोबारले बिस्तारै गति लिन थालेको हो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।