logo

शेयर बजारमा लगानीकर्ताको उत्साह बढ्दो, पौने दुई अर्बको कारोबार, सबैभन्दा बढी एनटीसीको

    1328   पटक पढिएको

२८ षुस / अर्थ र व्यापार - शेयर बजारमा लगानीकर्ताको उत्साह बढ्दो क्रममा रहेको छ । जसले गर्दा बजारमा एकैदिन अर्बौ बढीको शेयर किनबेच हुन थालेको छ ।

सोमबारको बजारमा पनि करिब पौने दुई अर्बको शेयर कारोबार भएको छ । दिनभरको कारोबारमा एक अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरको शेयर किनेबच भएको छ । जुन आइतबारको तुलनामा ३७ करोड रुपैयाँ बढी हो । आइतबारको बजारमा कूल एक अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

कूल १८३ कम्पनीको कारोबार भएको बजारमा ५५ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा बढी अर्थात ६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । सोमबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ रहेको छ । यस कम्पनीको मंगलबार(पुस २९ गते) वार्षिक साधारणसभामा जाँदै छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एशिया बैंकको क्रमशः ५ करोड ९७ लाख र ५ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

उच्च कारोबार भएको बजारमा नेप्से परिसूचक पनि बढेर उच्च बिन्दुमा पुगेको छ । आइतबारको तुलनामा परिसूचक १५.१४ अंकले उकालो लागेर १२७०.८६ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १.२१ प्रतिशत बढी हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।