logo

बुधवार राति भएको आगलागीले नेप्सेमा ६५ लाख क्षति

    1235   पटक पढिएको

 

२८ मंसिर / अर्थ र व्यापार - काठमाडौं ।  बुधवार राति करिब ९ बजेर ३० मिनेटमा नेप्सेको भवनमा भएको आगलागीले लगभग ६५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमानमा देखिएको छ । ‘लगभग ६५ देखि ७० लाख क्षति भएको अनुमान गरेका हौं, तर बीमा कम्पनीले अवलोकन गरेर गएको छ, उसको रिपोर्ट आएपछि वास्तविक क्षति आउला,’ नेप्सेका एक उच्च अधिकारीले भने । नेप्सेले शिखर इन्स्योरेन्स कम्पनीमा बीमा गराएको छ ।

नेप्सेको दोस्रो तल्लामा भएको आगलागीबाट ४ वटा एसी, दर्जन बढि कम्प्युटर, केही थान कुर्सी, फनिर्सिङ र आन्तरिक वायरिङमा आगोबाट क्षति भएको छ । नेप्सेको भवनको सिलिङमा ढलानको बिकल्पमा फलामका पाताहरुको प्रयोग भएको छ । त्यसमा प्रयोग गरिएको फनिर्सिङ पानी र आगोले क्षति पुग्ने किसिमको रहेकोले तल्लो तल्लाको सिलिङमा आगो निभाउन प्रयोग भएको पानीको कारण क्षति पुगेको छ । नेप्सेको भवनमा नै रहेको सर्भरमा भने कुनै समस्या नरहेको नेप्सेले उल्लेख गरेको छ । विद्युत आपुर्तीमा समस्या हुँदा मात्रै कारोबार ढिलो सुरु भएको नेप्सेले उल्लेख गरेको छ । लगानीकर्ताको सेयर स्वामित्व सम्बन्धि तथ्यांकहरु सबै सुरक्षित रहेको नेप्सेले बताएको छ ।

‘केही घरेलु नामसारीका कागजातहरु जलेर नष्ट भएका छन्, तर ती ५ वर्ष अगाडीका रहेकाले समस्या पर्ने देखिदैन्,’ नेप्सेमा अधिकारीले बताए । बिहीवार १ बजेबाट सेयर कारोबार भएकोले ५ बजेसम्म कारोबार खुल्ने भएको छ । साविकका दिनमा बजार ११ बजेदेखि ३ बजेसम्म खुल्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।