logo

गुरु न्यौपानेबाट जफत गरेका जनता बैंकको सेयर लिलामी प्रक्रिया रोकियो

    1523   पटक पढिएको

 

२२ कात्तिक / अर्थ र व्यापार - गुरुप्रसाद न्र्यौपानेको श्रीमति सुमित्रादेवी न्यौपानेबाट जफत गरेको जनता बैंकको सेयरको लिलामी प्रकृया रोकिएको छ । उच्च अदालत पाटनले गुरुन्यौपानेले राष्ट्र बैंक र जनता बैंक बिरुद्ध हालेको मुद्धामा अन्तरकालीन आदेश जारी गरेपछि लिलामी प्रकृया स्थगित भएको हो । जनता बैंकले न्यौपानेबाट जफत गरेको ८५ हजार एक कित्ता साधारण सेयरको लिलाममा राखेको थियो ।

उक्त सेयरमा आवेदन दिने अन्तिम दिन मंगलबार नै जफत गरिएको सेयर लिलामी नगर्न उच्च अदालत पाटनले जनता बैंकका नाममा आदेश गरेको थियो । उच्च अदालत पाटनले शेयर बोलकबोल आव्हान सूचना बमोजिम कुनै पनि काम कारबाही नगर्नु नगराउनु भनी आदेश जारी गरेको हो । जफत भएको सेयर जनता बैंकले कार्तिक १५ देखि २१ गतेसम्म लिलाममा राखेको थियो ।

यससँगै हाललाई सो लिलामी प्रकृया रोकिएको छ । उच्च अदालतले प्रक्रिया मात्र रोक्नु भनेकाले बैंकको सेयर लिलामीमा बोलपत्र पेश गरेका ३०० जना आवेदकको पैसा के हुन्छ भन्ने प्रश्न समेत उब्जिएको छ । अदालतको प्रकृया छिटो नटुङ्गिने भएकाले अदालतको आदेशपछि जनता बैंकले सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि सेयर लिलाम स्थगित गरेको जनाएको छ ।
जनता बैंक माछापुच्छ्रे बैंकसँग मर्जमा जाने भएपछि न्यापानै बैंकको सञ्चालक रहेकै बेला सो जानकारी सार्वजनिक हुनुभन्दा अगाडि संस्थागत सुशासन उल्लंघन गरेर श्रीमति सावित्रादेवी न्यौपाने नाममा सो परिमाणको सेयर ईन्साईडर ट्रेड्रिङ्ग गरी किनेका थिए । सो बारेमा राष्ट्र बैंकले निर्देशन दिएर छानविन गर्न लगाएपछि संचालक नारायणप्रसाद पौडेलको संयोजकत्वमा गठीत समितिको प्रतिवेदनबाट जफत गर्नुपर्ने देखिएपछि सेयर जफत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।