logo

गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आज देखि आवेदन खुल्ला

    1247   पटक पढिएको

२८ चैत्र /अर्थ र व्यापार  - गुराँस लाइफ इन्स्योरेन्सले चैत २८ देखि ५० प्रतिशत हकप्रद खुला गरेको छ । इन्स्योरेन्सले चुक्ता पूँजीको २ बराबर १ कित्ता अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

इन्स्योरेन्सको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । उक्त हकप्रदमा चैत ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र आवेदन गर्न सक्नेछन् । धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।

यसैगरि लक्ष्मी बैंकको शाखा कार्यालयहरू महाराजगञ्ज काठमाडौं, पुल्चोक ललितपुर, वीरगञ्ज, विराटनगर, भैरहवा, पोखरा, नारायणगढ, नेपालगञ्ज, धनगढी र जनकपुर इटहरी, दमक, धरान, लहान, वालिङ, विरेन्द्रनगर, घोराही, जलेश्वर, श्रीनगर, चरीकोट, बनेपा, दमौली र हेटौंटाबाट पनि हकप्रदमा आवेदन गर्न सकिनेछ । हकप्रद भर्ने अन्तिम दिन २०७६ जेठ १ गते रहेको छ ।

हाल यो कम्पनीको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ। ५९ करोड ७० लाख रुपैयाँको हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८९ करोड १० लाख पुग्नेछ । कम्पनीले चैत २१ गते सम्पन्न साधारण सभाले फेरि शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत पारित गरिसकेको छ ।

गुराँस लाइफ इन्स्योरेन्सको शेयर चैत २७ गते बुधबार प्रतिकित्ता ५२० रुपैयाँमा कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।