logo

फेसबुकद्वारा वित्तिय विवरण सार्वजनिक, ६८८ करोड डलर नाफा

    1158   पटक पढिएको

१७ माघ /अर्थ र व्यापार - फेसबुकले सन् २०१८ को अक्टोबर–डिसेम्बर त्रैमासमा ६८८ करोड डलर नाफा कमाएको वित्तिय विवरण सार्वजनिक गरेको छ । यो हालसम्मको सबैभन्दा धेरै त्रैमासिक मुनाफा हो । सन् २०१७ को डिसेम्बर त्रैमासका तुलनामा कम्पनीको मुनाफामा ६१ प्रतिशतले बढोत्तरी भएको हो । यस अवधिमा कम्पनीको आम्दानी ३० प्रतिशतले बढेर एक हजार ६९१ करोड डलर पुगेको छ । यसमा विज्ञापन आम्दानीको सबैभन्दा धेरै ९३ प्रतिशत हिस्सेदारी रहेको छ ।

फेसबुकको उत्कृष्ट त्रैमासिक नतिजाका कारण अमेरिकी शेयर बजारमा कम्पनीको शेयर बुधबार टेडिङ्ग आवर पछि १२ प्रतिशतले उकालो लागेको थियो । शेयरमा तीव्रता देखिएसँगै कम्पनीको बजार पूँजीकरण ५ हजार २६८ करोड डलरले वृद्धि भएको छ ।
फेसबुकको दैनिक र मासिक सक्रिय प्रयोगकर्ताहरुको संख्यामा ८.६ प्रतिशतले वृद्धि भएको छ । २०१८ को डिसेम्बर त्रैमासमा दैनिक सक्रिय प्रयोगकर्ताहरुको संख्या १५२ करोड मासिक सक्रिय प्रयोगकर्ताहरुको संख्या २३२ करोड पुगेको छ ।

अक्टोबर–डिसेम्बर त्रैमासमा पीआर फर्म र डेटा लीक जस्ता विवादका बाबजुद फेसबुकको वित्तिय विवरण सकारात्मक देखिएको छ । साथै प्रयोगकर्ताहरुको संख्या र आम्दानी वृद्धि राम्रो भएका कारण कम्पनीले रेकर्ड मुनाफा आर्जन गर्न सफल भएको छ ।
फेसबुकका सीईओ मार्क जुकरवर्गका अनुसार, यो वर्ष कम्पनीले प्रोडक्ट डेभलपमेन्टमा फोकस गर्नेछ । उनले भने म्यासेजिङ, पेमेन्ट, भिडियो र हार्डवेयरमा लगानीका माध्यमबाट राम्रो सेवा दिइनेछ । 
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।