logo

एभरेष्ट बैंकले ५३ करोड १४ लाख रुपैयाँ नाफा गर्यो, आठ अर्ब पुर्याउन अझै पौने दुई अर्ब चाहिने 

    1291   पटक पढिएको


 ९ कात्तिक / अर्थ र व्यापार– काठमाडौं, एभरेष्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाशमा ५३ करोड १ लाख रुपैयाँ खुदा मुनाफा आर्जन गको छ । बैंकले गत आर्थिक बर्षको यसै अवधिमा ५१ करोड ३४ लाख रुपैयाँ नाफा गरेको थियो् ।
बैंकले असोजसम्ममा खुद ब्याज आम्दानी एक अर्ब तीन करोड रुपैयाँ गरेको छ भने गत बर्षको यहि अबधिमा ९१ करोड ८ लाख रुपैयाँ थियो । जुन अघिल्लो बर्षको तुलनामा १३ प्रतिशतले बढि हो । 
 
बैंकले असोज मसान्तसम्ममा ९९ अर्ब ३७ करोड निक्षेप संकलन गरि ८१ अर्ब ८५ करोड रुपैयाँ ऋण लगानी गरेको छ । गत बर्षको यहि अबधिमा बैंकले ८९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरि ६९ अर्ब ५३ करोड रुपैयाँ ऋण लगानी गरेको थियो । 
 बैंकले एक बर्षमा चुक्ता पूँजी तीन गुणाले बढाएको छ । गत असोज मसान्तमा दुई अर्ब ७४ करोड रुपैयाँ रहेको पूँजी एक बर्षमा छ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ। बैंकले यस बीचमा सुरुमा ७० प्रतिशत बोनस शेयर र बोनस शेयर जारी पछिको पूँजीमा ३३ प्रतिशत हकप्रद दिएकव थियो। बैंकको जगेडा कोषमा ६ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।
 
बैंकको पूँजी पूँजी कोष अनुपात एक बर्षमा २.२४ प्रतिशत बिन्दुले बढेर १५.४६ प्रतिशत पुगेको छ ।बैंकले खराब कर्जा ०.३६ प्रतिशतबाट घटाएर  ०.२६ प्रतिशतमा झारेको छ । बैंकले दुई गुणा पूँजी बढाउँदा प्रति शेयर आम्दानी आधाले घटेको छ । बैंकको गत बर्षको यहि अबधिमा ७८ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी ३५ रुपैयाँमा झारेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।