logo

एभरेष्ट बैंकले ५३ करोड १४ लाख रुपैयाँ नाफा गर्यो, आठ अर्ब पुर्याउन अझै पौने दुई अर्ब चाहिने 

    1407   पटक पढिएको


 ९ कात्तिक / अर्थ र व्यापार– काठमाडौं, एभरेष्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाशमा ५३ करोड १ लाख रुपैयाँ खुदा मुनाफा आर्जन गको छ । बैंकले गत आर्थिक बर्षको यसै अवधिमा ५१ करोड ३४ लाख रुपैयाँ नाफा गरेको थियो् ।
बैंकले असोजसम्ममा खुद ब्याज आम्दानी एक अर्ब तीन करोड रुपैयाँ गरेको छ भने गत बर्षको यहि अबधिमा ९१ करोड ८ लाख रुपैयाँ थियो । जुन अघिल्लो बर्षको तुलनामा १३ प्रतिशतले बढि हो । 
 
बैंकले असोज मसान्तसम्ममा ९९ अर्ब ३७ करोड निक्षेप संकलन गरि ८१ अर्ब ८५ करोड रुपैयाँ ऋण लगानी गरेको छ । गत बर्षको यहि अबधिमा बैंकले ८९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरि ६९ अर्ब ५३ करोड रुपैयाँ ऋण लगानी गरेको थियो । 
 बैंकले एक बर्षमा चुक्ता पूँजी तीन गुणाले बढाएको छ । गत असोज मसान्तमा दुई अर्ब ७४ करोड रुपैयाँ रहेको पूँजी एक बर्षमा छ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ। बैंकले यस बीचमा सुरुमा ७० प्रतिशत बोनस शेयर र बोनस शेयर जारी पछिको पूँजीमा ३३ प्रतिशत हकप्रद दिएकव थियो। बैंकको जगेडा कोषमा ६ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।
 
बैंकको पूँजी पूँजी कोष अनुपात एक बर्षमा २.२४ प्रतिशत बिन्दुले बढेर १५.४६ प्रतिशत पुगेको छ ।बैंकले खराब कर्जा ०.३६ प्रतिशतबाट घटाएर  ०.२६ प्रतिशतमा झारेको छ । बैंकले दुई गुणा पूँजी बढाउँदा प्रति शेयर आम्दानी आधाले घटेको छ । बैंकको गत बर्षको यहि अबधिमा ७८ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी ३५ रुपैयाँमा झारेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।