logo

डिसहोमले २० करोडको आईपीओ ल्याउँदै

    1807   पटक पढिएको

 

    ६ पुष / अर्थ र व्यापार - डिसहोम नेपालले ४० करोड रुपैयाँबराबरको साधारण सेयर ल्याउने भएको छ । कम्पनीले प्रिमियम मूल्यसहित साधारण सेयर निष्कासनका आन्तरिक प्रक्रिया सुरु गरेको हो । हाल २ अर्ब चुक्ता पुँजी रहेको कम्पनीले १० प्रतिशतसम्मले हुन आउने २० करोड रुपैयाँबराबरको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न लागेको हो । कम्पनीले आगामी योजना र त्यसका लागि पुँजीको आवश्यकताअनुसार सर्वसाधारणवाट पुँजी संकलन गर्ने डिसहोमका अध्यक्ष देवी भट्टचनले बताए । 
“हालका लागि चुक्ता पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना गरेका छौं,” उनले भने, “मंगलबार सम्पन्न भएको कम्पनीको वार्षिक साधारणसभाले पनि सक्दो छिटो साधारण सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।” 
नेपाल धितोपत्र बोर्डको सम्पूर्ण प्रक्रिया पूरा गर्दा अगामी भदौसम्ममा सेयर निष्कासन हुन सक्ने उनको भनाइ छ । हाल देशभर उच्च गुणस्तरको डिजिटल टेलिभिजन सेवा प्रदान गर्दै आएको बताउँदै उनले भने, “कम्पनीको कार्यसम्पादन तथा वित्तीय अवस्थाअनुसार सुहाउँदो प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने योजना छ ।” 
२ अर्ब चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक वर्षमा करिब ४५ करोड रुपैयाँ खुद नाफा गरेको छ । चालू आर्थिक वर्षमा पनि करिब ६० करोड नाफा हुने उनले बताए । धितोपत्र बोर्डले धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्था हावी भएपछि अन्य क्षेत्रका कम्पनी ल्याउन नीतिगत रूपमा नै पहल गरेको थियो । सोहीअनुसार पछिल्लो समय डिसहोम, नेपाल आयल निगम, शिवम् सिमेन्टजस्ता कम्पनीहरूले पुँजी संकलनका लागि धितोपत्र बजार प्रयोग गर्न खोजेका हुन् । 
अन्य क्षेत्रका कम्पनीले सर्वसाधारणमा सेयर बिक्री गरेको खण्डमा आयकरमा १५ प्रतिशत छुटको व्यवस्था छ । यसअघि सेयर बजारमा रियल सेक्टरका कम्पनीको सहभागिता बढाउन आयकरमा १० प्रतिशत छुटको व्यवस्था थियो । बोर्डले केही सीमासहितको फ्रि प्राइसिङमा सेयर निष्कासन गर्न सकिने व्यवस्था गरिसकेको छ । रियल सेक्टरका कम्पनीले अंकित मूल्यमा सेयर निष्कासन गर्न नसकिने भनेपछि बोर्डले फ्रि प्राइसिङको पनि व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाको सेयरमा मात्र लगानी गर्ने लगानीकर्ताले सिजनल रूपमा एक क्षेत्रमा मात्र केन्द्रित भएर लगानी गर्दै आएका छन् । रियल सेक्टरका कम्पनी पनि सेयर बजार आएपछि सेयर बजार परिसूचक अर्थतन्त्रको वास्तविक सूचक बन्ने विज्ञहरु बताउँछन् । बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गरेर अनिवार्य रूपमा ३० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्नुपर्ने व्यवस्था संशोधन गरी रियल सेक्टरका कम्पनी भएको खण्डमा न्यूनतम १० प्रतिशतमा निष्कासन गरे हुने व्यवस्था गरेको छ । 
हाल नेप्सेमा सूचीकृत सेयरमध्ये ७६ प्रतिशत वित्तीय संस्थाको सेयर रहेको छ । पछिल्लो समय जलविद्युत् कम्पनीको सहभागिता सेयर बजारमा बढ्न थालेपछि बैंक तथा वित्त कम्पनीहरूको बाहुल्यतामा केही कमी हुँदै आएको छ । जलविद्युत्सँगै अन्य क्षेत्रका कम्पनीहरूको सहभागिता बढ्दै गएको खण्डमा सेयर बजार परिसूचकमा बैंक वित्तीय संस्थाको बाहुल्य तोडिने सरोकारवालाहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।