logo

धितोपत्र बजारमा २४ अर्ब १९ करोड १३ लाख रुपैयाँ थपिने

    1474   पटक पढिएको

२६ जेठ / अर्थ र व्यापार  - धितोपत्र बजारमा २४ अर्ब १९ करोड १३ लाख रुपैयाँ थपिने भएको छ । उक्त रकम बजारमा भित्र्याउन हालसम्म ३१ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिई सकेका छन् । आवेदन अनुसार १३ कम्पनीले आईपीओ, ९ कम्पनीले हकप्रद, ४ कम्पनीले ऋणपत्र र ५ कम्पनीले म्युचअल फण्ड मार्फत रकम भित्र्याउने माग गरेका छन् ।

जसमध्ये सबैभन्दा बढी रकम ऋणपत्र मार्फत भित्रिने भएको छ । परेका अवेदनको तथ्याङक अनुसार विभिन्न चार वटा कम्पनीले ११ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बोर्डसँग अनुमति मागेका छन् । त्यसैगरी म्युचअल फण्ड मार्फत ५ अर्ब ८५ करोड र हकप्रद मार्फत ४ अर्ब ८७ करोड ३२ लाख ६७ हजार रुपैयाँ बजार भित्रिने भएको छ । त्यस्तै आईपीओ मार्फत सबैभन्दा कम रकम (२ अर्ब ६ करोड ८० लाख ३६ हजार रुपैयाँ) बजार भित्रिने छ ।

आईपीओका लागी १३ वटा कम्पनीले २ करोड ६ लाख ८० हजार कित्ता साधारण सेयर बजारमा बिक्री गर्ने तयारीमा छन् । जसमध्ये अधिकांश जलविद्युत कम्पनीहरु रहेको छन् । आईपीओ मार्फत सबैभन्दा बढी अपी पावरले २ अर्ब रुपैयाँ बढीको सेयर बिक्री गर्ने भएको छ ।आवश्यक रकम भित्र्याउनका लागी हाल ३१ वटै कम्पनी धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा छने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।