logo

सूचक घटेपनि कारोबार रकम ५० करोड माथि पुग्यो,व्याज र किस्ताको जोहो गर्दै लगानीकर्ता

    1516   पटक पढिएको

१७ पुष / अर्थ र व्यापार - लगानीकर्ता दोस्रो त्रैमासकालागि व्याज र किस्ता जोहो गर्न थालेका छन्। गत महिना ६० अंक भन्दा माथिले सुधार भएको बजारमा व्याज र किस्ताको जोहो गर्ने क्रममा सेलिङ प्रेसर बढेको हो। अहिले शेयर बिक्री गर्नले व्याज र किस्ताका लागि सजिलै रकम जोहो गर्न सक्छन्। सँग सँगै दुई चार महिना अगाडिदेखि शेयर खरिद गर्नेलाई अहिलेको मूल्यमा राम्रो नाफा बसेको छ। कतिपयले नाफा बुक गर्दा पनि बजारमा प्रभाव पारेको छ।

केहि महिना अगाडि २०र३० करोडमा समित बजारमा कारोबार रकम पनि विस्तारै बढिरहेको छ। एकाथरि व्याज, किस्ता र नाफा बुक गर्नका लागि शेयर बेचिरहेका छन् भने अर्को तर्फ माघ पछि बजारमा ठूलो सुधार हुने अपेक्षा गर्दै विस्तारै विस्तारै शेयर खरिद गरिरहेका छन्।

बजार सुधार हुँदा सबैभन्दा धेरै बीमा कम्पनीमा र माइक्रोफाइनान्समा उछाल आएको थियो। एका एक सुधारिएको बजामार नाफा बुक गर्न खोज्दा निर्जीवन र बीमा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ।

शिवम सिमेन्टको शेयरमा लगानीकर्ता सबैभन्दा धेरै आकर्षित छन्। एकै पटक १०० अंक भन्दा माथिले उचारचढाव हुँदा यस कम्पनीको शेयरमा शेयर खेलाडी हावी भएका हुन्। गएका दिनमा १० करोड रुपैयाँ भन्दा माथिको कारोबार भएकोमा आज पनि ९ करोड २१ लाख रुपैयाँको खरिद बिक्री भएको छ। कमाउदा एकै पटक धेरै कमाउने अपेक्षमा यस कम्पनीको शेयरमा आकर्षण देखिएको हो।

बिहीबार १७० वटा कम्पनीको कारोबार हुँदा ६१ वटाको बढेको छ भने ७३ वटाको शेयर मूल्यमा गिरावट आएको छ। नेप्से सूचक ३.२९ अंकले गिरावट भएर १६६६.८१ अंकमा रोकिएको छ। जलविद्युत, माइक्रोफाइनान्स र उत्पादन तथा प्रसोधनको सूचकमा सुधार देखिए पनि बाँकी सूचक तथा उसूचकमा गिरावट आएको हो।
यस साता दुई दि बजार हरियो देखियो भने तीन दिन घटेको छ। एक साताको अवधिमा जम्मा एक अंकले मात्रै गिरावट आएको छ। यसले बजार केहि तग्न खोजेको संकेत गरेको छ। लगानीकर्ताहरु साना तथा थोरै मूल्यका कम्पनीको शेयरमा लगानी गरेर आफ्नो होल्डिङ बढाउन थालेका छन्।

भोलिका दिनमा बजार सुधार हुँदा आफ्नो लगानी बढ्ने साथै घटिहालेमा पनि धेरैले नोक्सान नहुने रणनीतिले लगानीकर्ताहरु सस्ता शेयरमा आकर्षित छन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।