logo

सूचक घटेपनि कारोबार रकम ५० करोड माथि पुग्यो,व्याज र किस्ताको जोहो गर्दै लगानीकर्ता

    1765   पटक पढिएको

१७ पुष / अर्थ र व्यापार - लगानीकर्ता दोस्रो त्रैमासकालागि व्याज र किस्ता जोहो गर्न थालेका छन्। गत महिना ६० अंक भन्दा माथिले सुधार भएको बजारमा व्याज र किस्ताको जोहो गर्ने क्रममा सेलिङ प्रेसर बढेको हो। अहिले शेयर बिक्री गर्नले व्याज र किस्ताका लागि सजिलै रकम जोहो गर्न सक्छन्। सँग सँगै दुई चार महिना अगाडिदेखि शेयर खरिद गर्नेलाई अहिलेको मूल्यमा राम्रो नाफा बसेको छ। कतिपयले नाफा बुक गर्दा पनि बजारमा प्रभाव पारेको छ।

केहि महिना अगाडि २०र३० करोडमा समित बजारमा कारोबार रकम पनि विस्तारै बढिरहेको छ। एकाथरि व्याज, किस्ता र नाफा बुक गर्नका लागि शेयर बेचिरहेका छन् भने अर्को तर्फ माघ पछि बजारमा ठूलो सुधार हुने अपेक्षा गर्दै विस्तारै विस्तारै शेयर खरिद गरिरहेका छन्।

बजार सुधार हुँदा सबैभन्दा धेरै बीमा कम्पनीमा र माइक्रोफाइनान्समा उछाल आएको थियो। एका एक सुधारिएको बजामार नाफा बुक गर्न खोज्दा निर्जीवन र बीमा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ।

शिवम सिमेन्टको शेयरमा लगानीकर्ता सबैभन्दा धेरै आकर्षित छन्। एकै पटक १०० अंक भन्दा माथिले उचारचढाव हुँदा यस कम्पनीको शेयरमा शेयर खेलाडी हावी भएका हुन्। गएका दिनमा १० करोड रुपैयाँ भन्दा माथिको कारोबार भएकोमा आज पनि ९ करोड २१ लाख रुपैयाँको खरिद बिक्री भएको छ। कमाउदा एकै पटक धेरै कमाउने अपेक्षमा यस कम्पनीको शेयरमा आकर्षण देखिएको हो।

बिहीबार १७० वटा कम्पनीको कारोबार हुँदा ६१ वटाको बढेको छ भने ७३ वटाको शेयर मूल्यमा गिरावट आएको छ। नेप्से सूचक ३.२९ अंकले गिरावट भएर १६६६.८१ अंकमा रोकिएको छ। जलविद्युत, माइक्रोफाइनान्स र उत्पादन तथा प्रसोधनको सूचकमा सुधार देखिए पनि बाँकी सूचक तथा उसूचकमा गिरावट आएको हो।
यस साता दुई दि बजार हरियो देखियो भने तीन दिन घटेको छ। एक साताको अवधिमा जम्मा एक अंकले मात्रै गिरावट आएको छ। यसले बजार केहि तग्न खोजेको संकेत गरेको छ। लगानीकर्ताहरु साना तथा थोरै मूल्यका कम्पनीको शेयरमा लगानी गरेर आफ्नो होल्डिङ बढाउन थालेका छन्।

भोलिका दिनमा बजार सुधार हुँदा आफ्नो लगानी बढ्ने साथै घटिहालेमा पनि धेरैले नोक्सान नहुने रणनीतिले लगानीकर्ताहरु सस्ता शेयरमा आकर्षित छन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।