logo

शेयर बजारमा नागरिक लगानी कोषको ९ अर्ब ८ करोड, तीन महिनामै नाफा १२ करोड ११ लाख 

    1413   पटक पढिएको

६ मंसिर / अर्थ र व्यापार - नागरिक लगानीकोषले शेयर बजार तथा धितोपत्रमा ९१ प्रतिशतले लगानी बढाएको छ। घट्दो बजारमा कम्पनीले एक वर्षको अवधिमा ४ अर्ब ३२ करोड रूपैयाँको लगानी थपेको हो। चालु आर्थिक वर्षको तीन महिनामा कोषले यस्तो क्षेत्रमा ९ अर्ब ८ करोड रूपैयाँ लगानी गरेको छ। 

तीन महिनाको अवधिमा कोषले नाफा १४.५७ प्रतिशतले सुधार गरेको छ। असोज मसान्तसम्ममा कोषले १२ करोड ११ लाख रूपैयाँ नाफा आर्जन गरेको हो। गत वर्षको सोही अवधिमा १० करोड ५७ लाख रूपैयाँ नाफा गरेको थियो। 

बैंकको उच्च ब्याजदरको फाइदा उठाउँदै कोषले ब्याज आम्दानी १ सय १७ प्रतिशतले बढाएर तीन महिनाको अवधिमा २ करोड ५० लाख रूपैयाँ आर्जन गरेको छ। सेवा सुल्क तथा अन्य कमिसन आम्दानी पनि ११ प्रतिशतले बढाएर १९ करोड ५० लाख रूपैयाँ कमाएको हो। 

कोष कुल खर्च भने ६ करोड २९ लाख रूपैयाँ छ। सरकारी ऋणपत्रमा लगानी घटाएर कोषले एक खर्ब ३० अर्ब रूपैयाँ लगानी गरेको छ। त्यस्तै बैंकहरुमा मुद्दती निक्षेपको रुपमा ७८ अर्ब ६९ करोड रूपैयाँ जम्मा गरेको छ। 
सहभागी सापटी तथा आवासकर्जा बढाएर २५ अर्ब ९८ करोड लगानी गरेको छ। कोषको लगानी, बैंक मौज्दात लगाएको क्षेत्रमा कोषको उपयोग एक खर्ब ४६ अर्ब रूपैयाँ छ। कोषले बीमाको कार्यक्रम गर्न नपाए पछि यस तर्फको सम्पूर्ण कोषमा गिरावट आएको छ। 

कोषको चुक्ता पूँजी एक अर्ब १० करोड रूपैयाँ छ। नेपाल सरकारबाट कल इन एडभान्समा १६ करोड ५५ लाख रूपैयाँ लिएको छ। जगेडा कोषमा ४ अर्ब ६७ करोड रूपैयाँ जम्मा गरेको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।