logo

शेयर बजारमा नागरिक लगानी कोषको ९ अर्ब ८ करोड, तीन महिनामै नाफा १२ करोड ११ लाख 

    1688   पटक पढिएको

६ मंसिर / अर्थ र व्यापार - नागरिक लगानीकोषले शेयर बजार तथा धितोपत्रमा ९१ प्रतिशतले लगानी बढाएको छ। घट्दो बजारमा कम्पनीले एक वर्षको अवधिमा ४ अर्ब ३२ करोड रूपैयाँको लगानी थपेको हो। चालु आर्थिक वर्षको तीन महिनामा कोषले यस्तो क्षेत्रमा ९ अर्ब ८ करोड रूपैयाँ लगानी गरेको छ। 

तीन महिनाको अवधिमा कोषले नाफा १४.५७ प्रतिशतले सुधार गरेको छ। असोज मसान्तसम्ममा कोषले १२ करोड ११ लाख रूपैयाँ नाफा आर्जन गरेको हो। गत वर्षको सोही अवधिमा १० करोड ५७ लाख रूपैयाँ नाफा गरेको थियो। 

बैंकको उच्च ब्याजदरको फाइदा उठाउँदै कोषले ब्याज आम्दानी १ सय १७ प्रतिशतले बढाएर तीन महिनाको अवधिमा २ करोड ५० लाख रूपैयाँ आर्जन गरेको छ। सेवा सुल्क तथा अन्य कमिसन आम्दानी पनि ११ प्रतिशतले बढाएर १९ करोड ५० लाख रूपैयाँ कमाएको हो। 

कोष कुल खर्च भने ६ करोड २९ लाख रूपैयाँ छ। सरकारी ऋणपत्रमा लगानी घटाएर कोषले एक खर्ब ३० अर्ब रूपैयाँ लगानी गरेको छ। त्यस्तै बैंकहरुमा मुद्दती निक्षेपको रुपमा ७८ अर्ब ६९ करोड रूपैयाँ जम्मा गरेको छ। 
सहभागी सापटी तथा आवासकर्जा बढाएर २५ अर्ब ९८ करोड लगानी गरेको छ। कोषको लगानी, बैंक मौज्दात लगाएको क्षेत्रमा कोषको उपयोग एक खर्ब ४६ अर्ब रूपैयाँ छ। कोषले बीमाको कार्यक्रम गर्न नपाए पछि यस तर्फको सम्पूर्ण कोषमा गिरावट आएको छ। 

कोषको चुक्ता पूँजी एक अर्ब १० करोड रूपैयाँ छ। नेपाल सरकारबाट कल इन एडभान्समा १६ करोड ५५ लाख रूपैयाँ लिएको छ। जगेडा कोषमा ४ अर्ब ६७ करोड रूपैयाँ जम्मा गरेको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।