logo

एशियन र नेपाल लाईफले नेपाल बैंकको लिलामको सेयर उठाए 

    1532   पटक पढिएको

२० असार / अर्थ र व्यापार – नेपाल बैंकले हकप्रदमा नबिकेको एक लाख ८९ हजार कित्ता साधारण सेयर लिलाममा निकालेकोमा एशियन र नेपाल लाईफले बजार मूल्यकै हाराहारीमा गएर धेरै कित्ता उठाएपछि आबेदन गर्ने धेरै कम्पनी र सर्बसाधारण जिल्ल परेका छन् ।

नेपाल बैंकको एक लाख ८९ हजार ६२५ कित्ता सेयरको लिलाममा आएका आबेदन मंगलबार खोलिएको थियो । सो सेयर किन्न एशियन लाईफले प्रतिकित्ता ३२२ रुपैयाँ ७५ पैसामा ९२ हजार कित्ता र नेपाल लाईफले प्रतिकित्ता ३२२ रुपैयाँ ५१ पैसामा एक लाख ८७ हजार कित्ता कबुलेपछि धेरै आबेदकले सेयर पाएनन् । लिलाममा कुल एक हजार ६० आबेदकले भाग लिएकोमा ३२१ रुपैयाँ ५१ भन्दा माथि कबुल्ने केही सर्बसाधारण र संस्थाहरुले मात्र सेयर पाए ।

नेपाल लाईफको सेयर मूल्य दोस्रो बजारमा सोमबार प्रतिकित्ता ३३० रुपैयाँ हाराहारीमा कारोबार भएकोमा आबेदक शेरबहादुर सौर्य श्रेष्ठले भने प्रतिकित्ता ५५० रुपैयाँ कबुलेर लिलाम सकारेका छन् । त्यस्तै माधव प्रधान र सरोजलाल श्रेष्ठले प्रतिकित्ता ३४१ रुपैयाँमा लिलाम सकारेका छन् । त्यस्तै सरोजा रंजितले दोस्रो बजारमै पाईने मूल्य ३३० रुपैयाँमा थोरै कित्ता सेयर लिलाम सकारेकी छन् । 

दोस्रो बजारमै सस्तोमा सेयर पाईरहेको अबस्थामा लिलामको सेयर उच्च मूल्य राखेर सकार्ने नयाँ प्रृबत्ति हावी भएको छ । लिलामको सेयर सुचिकृत हुन समय लाग्ने र त्यसबेलासम्म मूल्यमा हुने उतार चढावलाई आँकलन गर्ने हो भने धेरै मूल्य हाल्नु जोखिमपूर्ण छ तर नेपाल लाईफ र एशियन लाईफ जस्ता कम्पनीहरुले नै उच्च मूल्य हालेर लिलाम सकार्नुलाई रोचक मानिएको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।