logo

सिभिल बैंकको आपूर्ति बढ्दा पनि सेयर मूल्य उचालियो, तरलता घट्दो, १०८ करोडको सेयर किनबेच

    1614   पटक पढिएको

२२ माघ / अर्थ र व्यापार - सूचकमा सुधार भएपनि बुधबार कारोबार रकममा थोरै गिरावट आएको छ। दिनभरीमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.३१ अंकले बढेर १३४२ अंकमा पुगेर बन्द भएको छ। 

दिनभरीमा १७७ कम्पनीको सेयर कारोबार भएको छ। कुल १ अर्ब ८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कुल किनबेचमध्ये १३ करोड रुपैयाँको सिभिल बैंकको मात्र भएको छ। यसपछि नागरिक लगानी कोक्षको ६ करोड २० लाख र गुँरास लाइफ इन्स्योरेन्सको ५ करोड ८९ लाख रुपैयाँको सेययर किनबेच भएको छ। 

अहिले वित्तीय क्षेत्रमा ३० अर्ब रुपैयाँ कुल तरलता छ। यसमध्ये १० अर्ब राष्ट्र बैंकको रिपो हो। तरलता घट्दै गएपनि कारोबार रकम भने अर्बमाथि हुन थालेको छ।  सिभिल बैंकको ११ सय ८१ पटक कारोबार भएको छ। यसपछि दोस्रो धेरै पटक कारोबार गुँरास लाइफको ४३५ पटक भएको छ। नागरिक लगानी कोषको ३३९ पटक भएको छ। 

बजारमा सिभिल बैंकको सेयरको सर्वा्धिक माग पनि देखिएको छ। बैंकको २ लाख ३७ हजार २११ कित्ता सेयर माग हुँदा नेपाल बैंकको एक लाख १० हजार कित्ता माग भएको छ। सिभिल बैंकको मागभन्दा बढि सेयर आपूर्ति भएको छ। बैंकको एक लाख ४८ हजार ३७ कित्ता सेयर आपूर्ति भएको छ। 

७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको सेयर मूल्य बढेको छ। सपोर्ट माइक्रोफाइनान्सको १० प्रतिशत हाराहारी मूल्य बढेको छ। सिभिल बैंकको मागभन्दा आपूर्ति बढि भए पनि मूल्य ८.७८ प्रतिशतले उक्लिएको छ। कोक्षको पनि ७ प्रतिशतले मूल्य बढेको छ।

नेशनल हाइड्रोपावरको सेयर मूल्य ६.२५ प्रतिशतले घटेको छ भने नेपाल हाइड्रो डेभलपर्सको पनि ६ प्रतिशतले सेयर मूल्य झरेको छ। विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड सूचक घटेको छ। बढ्नेमा बीमा कम्पनी र बाणिज्य बैंकलगायत छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।