logo

सिभिल बैंकको आपूर्ति बढ्दा पनि सेयर मूल्य उचालियो, तरलता घट्दो, १०८ करोडको सेयर किनबेच

    1322   पटक पढिएको

२२ माघ / अर्थ र व्यापार - सूचकमा सुधार भएपनि बुधबार कारोबार रकममा थोरै गिरावट आएको छ। दिनभरीमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.३१ अंकले बढेर १३४२ अंकमा पुगेर बन्द भएको छ। 

दिनभरीमा १७७ कम्पनीको सेयर कारोबार भएको छ। कुल १ अर्ब ८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कुल किनबेचमध्ये १३ करोड रुपैयाँको सिभिल बैंकको मात्र भएको छ। यसपछि नागरिक लगानी कोक्षको ६ करोड २० लाख र गुँरास लाइफ इन्स्योरेन्सको ५ करोड ८९ लाख रुपैयाँको सेययर किनबेच भएको छ। 

अहिले वित्तीय क्षेत्रमा ३० अर्ब रुपैयाँ कुल तरलता छ। यसमध्ये १० अर्ब राष्ट्र बैंकको रिपो हो। तरलता घट्दै गएपनि कारोबार रकम भने अर्बमाथि हुन थालेको छ।  सिभिल बैंकको ११ सय ८१ पटक कारोबार भएको छ। यसपछि दोस्रो धेरै पटक कारोबार गुँरास लाइफको ४३५ पटक भएको छ। नागरिक लगानी कोषको ३३९ पटक भएको छ। 

बजारमा सिभिल बैंकको सेयरको सर्वा्धिक माग पनि देखिएको छ। बैंकको २ लाख ३७ हजार २११ कित्ता सेयर माग हुँदा नेपाल बैंकको एक लाख १० हजार कित्ता माग भएको छ। सिभिल बैंकको मागभन्दा बढि सेयर आपूर्ति भएको छ। बैंकको एक लाख ४८ हजार ३७ कित्ता सेयर आपूर्ति भएको छ। 

७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको सेयर मूल्य बढेको छ। सपोर्ट माइक्रोफाइनान्सको १० प्रतिशत हाराहारी मूल्य बढेको छ। सिभिल बैंकको मागभन्दा आपूर्ति बढि भए पनि मूल्य ८.७८ प्रतिशतले उक्लिएको छ। कोक्षको पनि ७ प्रतिशतले मूल्य बढेको छ।

नेशनल हाइड्रोपावरको सेयर मूल्य ६.२५ प्रतिशतले घटेको छ भने नेपाल हाइड्रो डेभलपर्सको पनि ६ प्रतिशतले सेयर मूल्य झरेको छ। विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड सूचक घटेको छ। बढ्नेमा बीमा कम्पनी र बाणिज्य बैंकलगायत छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।