logo

बजार सुधार हुन थालेपछि सस्ता कम्पनी उठाउन थाले लगानीकर्ता, बैंकको ब्रोकर अफिसमा मार्के्टिङ

    1181   पटक पढिएको

१९ मंसिर  / अर्थ र व्यापार - शेयर बजार सुधार  हुन थालेपछि लगानीकर्ताको ध्यान सस्ता र राम्रा कम्पनीमा देखिन थालेको छ। बजार तल्लो विन्दुमा झर्ने क्रममा लगानीकर्ताले सस्तोमा शेयर उठाउन थालेका छन्। 
बैंकहरुले व्याजदर घटाउन थालेसँगै लगानीकर्ता शेयर बजारप्रति आकर्षण बढेको हो। ठूला ठूला उद्योगमा कर्जाको माग आउन छाडेपछि बैंकहरु मार्जीन प्रकृतिका र स(साना कर्जामा केन्द्रित हुन थालेका हुन्।

 बैंकहरुका प्रतिनिधि ब्रोकर कार्यालयमै गएर शेयर कर्जाको लागि मार्के्टिङ गरिरहेका छन्। शेयर बजार सबैभन्दा तल्लो बिन्दुमा झरेको विश्लेषण गर्दै अहिलेको अवस्थामा ऋण दिन उपयुक्त भएको भन्दै बैंकहरु यसतर्फ केन्द्रित भएका हुन्। अहिलेको अवस्थामा शेयर कर्जा प्रवाह गर्दा बैंकहरुले मार्जीन कलको लागि टाउको दुखाउनु पर्दैन भन्ने विश्लेषण उनीहरुको छ। 

पैसा हुनेहरुको लागि शेयर खरिद गर्ने उपयुक्त समय भएको विश्लेषकहरुले बताउँदै आएका छन्। तर केहि दिन बजार सुधार भए जस्तो हुन्छ। पुनः बजार पुरानै गतिमा फर्कने अवस्थाले लगानीकर्ता डिप्रेस छन्। यस्तो अवस्थामा लगानीकर्ताको मनोवल कमजोर हुँदै आएको छ।

शेयर बजारमा लगानीकर्ताको मनोबलले धेरै हदसम्म काम गर्छ। हाल सरकारको कारणले लगानीकर्ताको मनोबल कमजोर हुँदै आएको विश्लेषकहरु बताउँछन्। यसैले गर्दा विगत ८र९ महिनाको अवधिमा शेयर बजार ११र१२ सयको अंक वरिपरी घुमिरहेको छ।  पछिल्लो तीन दिनमा शेयर बजार लगातार सुधार हुने क्रममा झण्डै २० अंकले बढेको छ। बिहीबार शेयर बजार ७.४५ अंकले सुधार देखिएको छ। बीमा कम्पनी र माइक्रोफाइनान्सले बजार ’लिड’ गरिरहेका छन्। सूचकमा सुधार भएसँगै कारोबार रकम पनि विस्तारै बढिरहेको छ। 

तुलनात्मक रुपमा बीमा कम्पनी र माइक्रोफाइनान्सको शेयर मूल्य बढि हुने गरेको छ। बजार घट्ने क्रममा यस्ता कम्पनीको शेयर मूल्य तल्लो विन्दुमा छ। बजार सुधार हुँदा यी कम्पनीबाट राम्रो पूँजीगत लाभ लिन सक्ने अनुमाले लगानीकर्ताको ध्यान बीमा र माइक्रोफाइनान्समा परेको हो।

बिहीबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन करोड ५१ लाख रुपैयाँको खरिद बिक्री भएको छ। सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरु मिश्रित छन्। यसको अर्थ लगानीकर्ताहरुले कम्पनी छानिछानी शेयर खरिद गरिरहेका छन्। शेयर मूल्य अधिकतम बढ्नेमा बीमा र माइक्रोफाइनान्स बढि छन्। सबै सूचक सुधार हुँदा उत्पादन तथा प्रशोधन अन्तर्गका कम्पनीको सूचक घटेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।