logo

अरूण भ्याली हाइड्रोपावरले दुई वर्षपछि घोषणा र्गयो ७% बोनस शेयर, बजार मूल्य ९७ रूपैयाँ 

    1129   पटक पढिएको

 २३ मंसिर / अर्थ र व्यापार - अरूण भ्याली हाइड्रोपावर कम्पनीले दुई वर्षपछि ७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा लाभांस दिन सकेको थिएन। अघिल्ला वर्षमा भने नियमित लाभांस प्रदान गर्दै आएको थियो। 

सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्ष २०७५र७६ को मुनाफा र सञ्चित मुनाफाबाट उक्त लाभांस दिने प्रस्ताव गरेको हो। कम्पनीले कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ। उक्त लाभांस आगामी हुने २२ औं वार्षिक साधारणसभाबाट पारित गर्ने छ। 

नियमित रूपमा लाभांस प्रदान गर्दै आए पनि कम्पनीको दोस्रो बजारमा शेयर मूल्य आधार मूल्यभन्दा तल ९६ रूपैयाँमा कारोबार भइरहेको छ। एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य अधिकतम १ सय २५ रूपैयाँ र न्युनतम ९१ रूपैयाँमा खरिद(बिक्री भएको थियो। जलविद्युत कम्पनीको सूचकमा लगातार गिरावट आउदा लाभांस दिने कम्पनीको शेयर मूल्य भने तल झरेका छन्। 

गत आर्थिक वर्षमा कम्पनीले १ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको हालको चुक्ता पुँजी ९३ करोड ३० लाख रूपैयाँ छ। बोनस शेयरपछि चुक्ता पुँजी ९३ करोड ८३ लाख रूपैयाँमा कायम हुने छ। हाल प्रतिशेयर आम्दानी ५.८५ रूपैयाँ छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।