logo

हाइड्रोको शेयरमूल्य अंकित मूल्यभन्दा तल झरिरहेको बेला ३५ करोडको अर्को आईपीओ आउँदै

    1472   पटक पढिएको

२० कात्तिक / अर्थ र व्यापार 

धितोपत्र बजारमा सूचीकृत करिब तीन दर्जन मध्ये डेढ दर्जन जलविद्युत कम्पनीहरुको शेयरमूल्य अंकित मूल्यभन्दा तल झरिरहेको बेला ग्रीनलाइफ हाइड्रोपावरले ३५ करोड मूल्यको साधारण शेयर बिक्री गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डमा दिएको आवेदनअनुसार ग्रीनलाइफ हाइड्रोपावरले कूल ३४ करोड ९६ लाख ४० हजार मूल्य बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर बिक्रीमा ल्याउने भएको हो ।
आईपीओ निष्काशन गर्न कम्पनीले रेटिङ्ग एजेन्सी केयर नेपालबाट रेटिङ्ग गराएको छ। रेटिङमा सो कम्पनीको शेयरले ‘केयर एनपि आईपीओ ग्रेड ४’ प्राप्त गरेको छ । ग्रेड ४ रेटिङ्ग भनेको कम्पनीको वित्तीय अवस्था औसत अवस्था तल आधार रहेको भन्ने हो ।

नेपाल धितोपत्र बोर्डले सबैभन्दा तल्लो अर्थात कमजोर रेटिङ्ग ग्रेड ५ पाउने कम्पनीलाई साधारण शेयर निष्काशन गर्न नदिने नियम बनाएको छ । कम्पनीले गराएको रेटिङमा साधारण शेयर बिक्री गर्न मिल्ने गरी आफ्नो स्थान सुरक्षित गरेको छ। रेटिङ कम्पनीले गर्ने विश्लेषण अनुसार ग्रेड एक प्राप्त गर्ने संस्था अब्बल मानिन्छ भने ग्रेड पाँच प्राप्त गर्ने संस्था आर्थिक रुपमा कमजोर मानिन्छ ।

अधिकांश जलविद्युत कम्पनीको शेयर ओरालो लागेको बेला ग्रीनलाइफ हाइड्रोपावरले बिक्रीमा ल्याउने साधारण शेयरको बिक्री के होला भन्ने जिज्ञाशा हाल विद्यमान रहेको छ ।

हालै मात्रै साढे ३३ करोडको शेयर बिक्रीमा ल्याउने शिवश्री हाइड्रोको शेयर कूल निष्काशनको ३० प्रतिशत पनि बिक्री नहुनुले पनि पछिल्ला दिनमा हाइड्रोपावर कम्पनीलाई शेयर बिक्रीमा सहज अवस्था नरहेको बुझ्न सकिन्छ । पछिल्ला दिनमा शेयर प्रत्याभूति गर्ने मर्चेन्ट बैंकर समेत हाइड्रोपावरको शेयरको प्रत्याभूति गर्न नचाहशने अवस्था सिर्जना भैसकेको छ ।

यसले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको तीन वर्षमा ३ हजार मेघावाट विद्युत उत्पादन गर्ने र दश वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमाथि नै प्रश्न उब्जिएको छ ।
ग्रीनलाइफ हाइड्रोपारले यसअघि नै आयोजना प्रभावित दोलखा जिल्लावासीलाई साधारण शेयर बिक्री गरिसकेको छ । कम्पनीले आम सर्वसधारणका लागि साधारण शेयर बिक्रीको तयारी गरेको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीले आयोजना प्रभावितलाई बिक्री गर्दा नबिकेको कूल १६ लाख ९६ हजार कित्तासमेत आम सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको हो ।

कम्पनीले २५ मेगावाट क्षमताको खानी खोला एक जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजना नदी प्रवाही हो । आयोजनाको कूल लागत ६ अर्ब ८८ करोड रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।