logo

अनिल शाहले पुस १७ बाट सेञ्जुरी बैंकको काम सम्हाल्ने,  

    1399   पटक पढिएको


कात्तिक १७ / अर्थ र व्यापार - काठमाडौं । अनिल शाहले पुस १७ गतेबाट सेञ्चुरी बैंकको कमान सम्हाल्ने भएका छन् । मेगा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत रहेका शाहले त्यहाँ दुई कार्यकाल पुरा गरेपछि सेञ्चुरी जान लागेका हुन् ।
बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले शाह नियुक्तीको निर्णय गरेको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पठाएको छ । तत्कालिन प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमिल्सिनाले राजिनामा गरेपछि सेञ्चुरीमा प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो । कामु प्रमुख कार्यकारीका रुपमा जीवन भट्टराईले ब्यवस्थापनको नेतृत्व गरिरहेका छन् ।
 
बैंकर्स संघको अध्यक्षसमेत रहेका शाह अहिले एक्लै नै सेञ्चुरी बैंक जाने छन् । सञ्चालक समितिले स्वीकृति दिएमा उच्च ब्यवस्थापनमा मेगा वा अर्को बैंकबाट कर्मचारी ल्याउने योजनामा उनी छन् । शाहले १९९१ बाट बैंकिङ सुरु गरेका हुन् । नबिल बैंकमा इन्टरन गरेर स्ट्यान्डर्ड चार्टर्ड गएका उनले त्यहाँ १३ बर्ष विताए । खुद्र बैंकिङ सुरु गरेको जस शाहलाई जान्छ । त्यहाँबाट महाप्रबन्धकका रुपमा उनी नबिल बैंक भित्रिए । नबिलमा प्रमुख कार्यकारी भएर उनले पाँच बर्ष बिताए । त्यसपछि उनी मेगा बैंक गएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।