logo

सेञ्चुरी कमर्सियल बैंकको सिइओ अनिल केशरी शाह नियुक्त,

    1797   पटक पढिएको


२१ कार्तिक / अर्थ र व्यापार - काठमाडौं— सेञ्चुरी कमर्सियल बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा अनिल केशरी शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ । सञ्चालक समिति  बैठकले शाहलाई १ जनवरी २०१८ देखि चार वर्षका लागि नियुक्त गरेको हो ।
रस्टान्डर्ड चार्टड बैंक नेपालबाट बैंकिङ्ग सेवा प्रारम्भ गरेका शाहसँग सो बैंकमा १३ वर्ष एवं नबिल बैंकमा सिइओको रुपमा ५ वर्ष काम गरेको अनुभव छ । मेगा बैंक नेपालको स्थापना कालदेखि सिइओ रहेका उनी दुई कार्यकाल (८ वर्ष) पूरा गरी सेञ्चुरी बैंक जान लागेका हुन्। राष्ट्र बैंकको नियमअनुसार सिइओले एउटै बैंकमा दुई कार्यकालभन्दा बढी काम गर्न पाउँदैनन् ।

भारतको दिल्ली विश्व विद्यालयबाट एमबिए गरेका शाहले विश्व प्रसिद्ध अमेरिकाको हाभर्ड विश्व विद्यालयबाट ‘२१ औं शताब्दीका लागि नेतृत्व’ विषयको अध्ययन पूरा गरेका छन् । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ५ वटा क्षेत्रीय बैंकहरुलाई एकीकृत तथा हकप्रद शेयर जारी गरी नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम ८ अर्ब पूँजी र्पुयाउन लागेको अवस्थामा सिइओ शाह सो बैंक जाने तय भएको हो। बैंकले एकसयभन्दा बढी शाखा कार्यलयबाट बैंकिङ्ग सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । यो अवस्थामा शाहको अनुभव तथा नेतृत्वमा सेञ्चुरी बैंकले नेपालको बैंकिङ्ग जगतमा विष्टिकृत पहिचान बनाउदै अघि बढ्ने विश्वास बैंक सञ्चालक समितिले लिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।