logo

अमेरिकी शेयर बजार सुधारको असर एशियाली शेयर बजारमा

    3169   पटक पढिएको

१२ पुस/ अर्थ र व्यापार - क्रिसमसको छुट्टीपछि सुचारु भएको अमेरिकी शेयर बजारमा सुधार देखिएको छ । डउ जोन्स करिब ५ प्रतिशत र प्रविधि केन्द्रित नास्डाकमा करिब ६ प्रतिशतले बढेको देखिएको छ । एशियाली शेयर बजारले पनि उक्त गतिलाई पछ्याइरहेको छ । जापानको निक्केई २२५ मा सुरुवाती कारोबारमा ३ प्रतिशतले वृद्धि देखिएको छ ।

यो अमेरिकी शेयर बजारमा क्रिसमसपछि देखिएको उछाल हो । एक हप्तासम्म शेयर बजारले सबैभन्दा खराब गिरावटको सामना गर्नुपरेको थियो । विश्लेषकहरुका अनुसार मास्टरकार्डको तथ्यांकका अनुसार अमेरिकामा भएको क्रिसमस छुट्टीबाट खुद्रा विक्री ५.१ प्रतिशतले बढेको थियो । जुन ६ बर्षको सबैभन्दा उच्च वृद्धि हो ।

ह्वाइट हाउसको आश्वासनबाट पनि बजारमा आत्मविश्वास बढेको अनुमान लगाइएको छ । जहाँ फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलको जागिर सुरक्षित रहेको बताइएको थियो । लगानीकर्ताहरुलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यक्ष पावेललाई निष्काशित गर्ने भन्ने चर्चाले पनि चिन्तित बनाएको थियो । आंशिक अमेरिकी सरकारको शटडाउन र अमेरिका–चीन व्यापार तनावले पनि जारी मन्दीलाई नयाँ मोडमा पुर्याएको हो ।

एक हप्तासम्म खस्किएको बजार र अझैँ गिरावट आउन सक्ने सम्भावना रहेको चर्चा भइरहेका बेला बिहीबार अमेरिकी शेयर बजारमा देखिएको सुधार बजार विकासका लागि सकारात्मक संकेत रहेको बताइएको छ । बजार घटेकोमा सोमबार राष्ट्रपति ट्रम्पले अमेरिकाको सेन्ट्रल बैंक फेडरल रिजर्भलाई दोषी मानेका थिए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।