logo

अमेरिकी शेयर बजार सुधारको असर एशियाली शेयर बजारमा

    3262   पटक पढिएको

१२ पुस/ अर्थ र व्यापार - क्रिसमसको छुट्टीपछि सुचारु भएको अमेरिकी शेयर बजारमा सुधार देखिएको छ । डउ जोन्स करिब ५ प्रतिशत र प्रविधि केन्द्रित नास्डाकमा करिब ६ प्रतिशतले बढेको देखिएको छ । एशियाली शेयर बजारले पनि उक्त गतिलाई पछ्याइरहेको छ । जापानको निक्केई २२५ मा सुरुवाती कारोबारमा ३ प्रतिशतले वृद्धि देखिएको छ ।

यो अमेरिकी शेयर बजारमा क्रिसमसपछि देखिएको उछाल हो । एक हप्तासम्म शेयर बजारले सबैभन्दा खराब गिरावटको सामना गर्नुपरेको थियो । विश्लेषकहरुका अनुसार मास्टरकार्डको तथ्यांकका अनुसार अमेरिकामा भएको क्रिसमस छुट्टीबाट खुद्रा विक्री ५.१ प्रतिशतले बढेको थियो । जुन ६ बर्षको सबैभन्दा उच्च वृद्धि हो ।

ह्वाइट हाउसको आश्वासनबाट पनि बजारमा आत्मविश्वास बढेको अनुमान लगाइएको छ । जहाँ फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलको जागिर सुरक्षित रहेको बताइएको थियो । लगानीकर्ताहरुलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यक्ष पावेललाई निष्काशित गर्ने भन्ने चर्चाले पनि चिन्तित बनाएको थियो । आंशिक अमेरिकी सरकारको शटडाउन र अमेरिका–चीन व्यापार तनावले पनि जारी मन्दीलाई नयाँ मोडमा पुर्याएको हो ।

एक हप्तासम्म खस्किएको बजार र अझैँ गिरावट आउन सक्ने सम्भावना रहेको चर्चा भइरहेका बेला बिहीबार अमेरिकी शेयर बजारमा देखिएको सुधार बजार विकासका लागि सकारात्मक संकेत रहेको बताइएको छ । बजार घटेकोमा सोमबार राष्ट्रपति ट्रम्पले अमेरिकाको सेन्ट्रल बैंक फेडरल रिजर्भलाई दोषी मानेका थिए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।