logo

शेयर बजारमा उछालस् करिव १८ अंकको बृद्धि, बिजुलीका कारण शिवम् चम्कियो, यस्ता छन् अरु हल्ला 

    1536   पटक पढिएको

७ पुस / अर्थ र व्यापार - वास्तबिक क्षेत्र र बिमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेपछि सोमबार दोस्रो बजारमा उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक फराकिलो अङ्कले बढेको हो।  दिनभरीमा बजार १७.७७ अङ्कको वृद्धिसँगै ११६८.५८ अंकमा उक्लिएको छ। कारोबार मापक सूचकसँगै कारोबार रकमसमेत आधा अर्ब रुपैयाँमाथि उक्लिएको छ। 

उत्पादनमूलक कम्पनीमा सूचिकृत शिवम् सिमेन्टको बिजुलीको लाइन विद्युत प्राधिकरणले नकाट्ने निर्णय गरेसँगै कम्पनीको शेयरमा लगानीकर्ताले खरिद बिक्री बढाएका छन्। 

कम्पनीको शेयरमा आइतबारदेखि नै खरीद चाप बढाएका छन्। शिवम् सिमेन्टले एक अर्व ६० करोड रुपैयाँ बराबरको बिद्युत महशुल प्रधिकरणलाई तिर्न बाँकी छ। यता नागरिक लगानी कोषले स्टक डिलरको काम गर्ने खबर आएसँगै लगानीकर्ता उत्साही हुँदा शेयर सूचक बढ्न थप टेवा पुगेको छ। 

राष्ट्रिय सभाको चुनाव घोषणा भएसँगै शेयर बजारमा सोमबार उछाल आउन टेवा पुर्याूएको हो। खासगरी अर्थमन्त्री डा. युवराज खतिवडाको समय नथपिने विश्लेषणका आधारमा बजार उक्लिएको हो। 

५९ सदस्य रहने राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिलासहित ८ जनाका दरले ५६ जना निर्वा्चित हुने कानुनी व्यवस्था छ। सरकारको सिफारिसमा एक महिलासहित तीन जना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ। राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि समाप्त भई रिक्त हुने पदमा सरकाले माघ ९ गते निर्वाचन गराउने घोषणा गरेको छ। 

पछिल्लो समय दोस्रो बजारमा लगानीकर्ताले हालका अर्थ मन्त्रिलाई रुचाएका छैनन्। शेयर बजार घट्नुमा अर्थमन्त्रीको शेयर बजारको संवेदनशीलता नबुझी वक्तव्य दिने गरेको आरोप लगानीकर्ताको छ। 

सोमबार १७७ कम्पनीका १७ लाख ५४ हजार कित्ता शेयर ५९ करोड ५७ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी शेयर कारोबार हुने कम्पनीको सूचिमा शिवम् सिमेन्ट छ। कम्पनीको पाँच करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

कारोबार रकमकै आधारमा नबिल बैंक दोस्रो भएको छ। बैंकको चार करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सोमबार सबैभन्दा बढी कमाउने कम्पनीको सूचिमा नागरिक लगानी कोष अघि रहेको छ। उसको प्रति कित्ता शेयर मूल्य १० प्रतिशतले बढेको छ। कोषले स्टक डिलरको काम गर्ने खबरले लगानीकर्ताले कम्पनीको शेयरमा आकर्षण देखिएको हो। 

सोमबार १२ समूहको शेयर कारोबार भयो। सामूहिक लगानी कोषको बाहेक सबै समूहका उपसूचक बढेका छन्। सामूहिक लगानी कोषको भने ०.९२ प्रतिशतले उपसूचक घटेको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहको उप सूचक ५.११ प्रतिशतले बढेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।