logo

शेयर सूचकमा झिनो परिवर्तन, ब्रोकर भन्छन् - ’टिकाउ प्रवृत्तिमा देखिन थाल्यो’ 

    1360   पटक पढिएको

१६ मंसिर / अर्थ र व्यापार - झिनो अंकको मात्रै सूचक परिवर्तन हुन थालेपछि पछिल्लो समय शेयर बजार टिक्दो प्रवृत्तिमा देखिन थालेको छ । सोमबार सूचक ०.८६ अंकले घटेर ११११.९९ अंकमा ओर्लिएको छ ।  सेन्सेटिभ सूचक ०.४४ अंकले घटेर २४५.७१ अंकमा झरेको छ । आइतबार नेप्से सूचक ०.७ अंकले बढेको थियो । लामो समयदेखि बजार ठूलो अन्तरले बढ्न वा घट्न सकेको छैन । यस्तो प्रवृत्तिलाई एक ब्रोकरले टिकाउ प्रवृत्ति भनेका छन् । 

’बजार धेरै अन्तरले बढेको छैन र ठूलो अन्तरले घटेको पनि छैन,’ उनी भन्छन्, ’यतिबेला बजार टिकाउ प्रवृत्तिमा छ ।’ यतिबेला बजारमा लगानीकर्ताले कम्पनीका वित्तीय अवस्था हेरेर मात्रै लगानी गरिरहेका छन् । उनीहरू कम्पनीले दिने प्रतिफललाई हेरेर कम मूल्यमा शेयर बिक्री गर्न चाहिरहेका छैनन् भने नयाँ लगानीकर्ताले थप लगानी गर्ने आट गरेका छैनन्। बिक्रीकर्ता मूल्य घटाउन नचाहने र खरिदकर्ता मूल्य बढाएर खरिद गर्न चाहँदैनन् । जसले गर्दा बजार टिकाउ प्रवृत्तिमा गएको उनको जिकिर छ । 

बजार टिकाउ प्रवृत्तिमा गएकै कारण यतिबेला कारोबारसमेत सुस्त देखिएको उनले बताए । जसका कारण सोमबार कारोबार रकम २३ करोड रुपैयाँमा समेटिएको छ । सोमबार १ सय ६४ कम्पनीका ८ लाख २६ हजार कित्ता शेयर २३ करोड २२ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा बढि एनएमबि बैकको एक करोड ९३ लाख रुपैयाँ बराबरकोको शेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

 सोमबार १२ समूहको शेयर कारोबार भयो । जसमा तीन समूहको उपसूचक बढेको छ भने नौ समूहको सूचक घट्दो अवस्थामा देखिएको छ । सबैभन्दा बढि जीवनबिमा समूहको उपसूचक १.२६ प्रतिशतले घटेको छ भने ट्रेडिङ समूहको उपसूचक ३.२ प्रतिशतले बढेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।