logo

शेयर सूचकमा झिनो परिवर्तन, ब्रोकर भन्छन् - ’टिकाउ प्रवृत्तिमा देखिन थाल्यो’ 

    1104   पटक पढिएको

१६ मंसिर / अर्थ र व्यापार - झिनो अंकको मात्रै सूचक परिवर्तन हुन थालेपछि पछिल्लो समय शेयर बजार टिक्दो प्रवृत्तिमा देखिन थालेको छ । सोमबार सूचक ०.८६ अंकले घटेर ११११.९९ अंकमा ओर्लिएको छ ।  सेन्सेटिभ सूचक ०.४४ अंकले घटेर २४५.७१ अंकमा झरेको छ । आइतबार नेप्से सूचक ०.७ अंकले बढेको थियो । लामो समयदेखि बजार ठूलो अन्तरले बढ्न वा घट्न सकेको छैन । यस्तो प्रवृत्तिलाई एक ब्रोकरले टिकाउ प्रवृत्ति भनेका छन् । 

’बजार धेरै अन्तरले बढेको छैन र ठूलो अन्तरले घटेको पनि छैन,’ उनी भन्छन्, ’यतिबेला बजार टिकाउ प्रवृत्तिमा छ ।’ यतिबेला बजारमा लगानीकर्ताले कम्पनीका वित्तीय अवस्था हेरेर मात्रै लगानी गरिरहेका छन् । उनीहरू कम्पनीले दिने प्रतिफललाई हेरेर कम मूल्यमा शेयर बिक्री गर्न चाहिरहेका छैनन् भने नयाँ लगानीकर्ताले थप लगानी गर्ने आट गरेका छैनन्। बिक्रीकर्ता मूल्य घटाउन नचाहने र खरिदकर्ता मूल्य बढाएर खरिद गर्न चाहँदैनन् । जसले गर्दा बजार टिकाउ प्रवृत्तिमा गएको उनको जिकिर छ । 

बजार टिकाउ प्रवृत्तिमा गएकै कारण यतिबेला कारोबारसमेत सुस्त देखिएको उनले बताए । जसका कारण सोमबार कारोबार रकम २३ करोड रुपैयाँमा समेटिएको छ । सोमबार १ सय ६४ कम्पनीका ८ लाख २६ हजार कित्ता शेयर २३ करोड २२ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा बढि एनएमबि बैकको एक करोड ९३ लाख रुपैयाँ बराबरकोको शेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

 सोमबार १२ समूहको शेयर कारोबार भयो । जसमा तीन समूहको उपसूचक बढेको छ भने नौ समूहको सूचक घट्दो अवस्थामा देखिएको छ । सबैभन्दा बढि जीवनबिमा समूहको उपसूचक १.२६ प्रतिशतले घटेको छ भने ट्रेडिङ समूहको उपसूचक ३.२ प्रतिशतले बढेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।